सोमबार, माघ १२,
नेपालबाट मधेसलाई अलग गर्ने अभियान चलाइरहेका अमेरिकी ग्रीनकार्ड होल्डर सीके राउतलाई युरोपेली युनियनका राजदूतहरुले चितवनमा पुगेर गोप्य भेटघाट गर्नु र एकल जातीय राज्य स्थापना गर्न पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलनलाई पश्चिमाहरुले कम्तीमा ५ लख डलर खर्चिनु संयोगमात्र होइन, बाह्य शक्तिहरुद्वारा नेपालविरुद्व ठूलो डिजाइन चालू भइरहेको बुझ्न सकिन्छ । एमाले अध्यक्ष केपी ओलीले सांकेतिक रुपमा अघिल्लो साता आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा नेपालविरुद्व भयंकर षडयन्त्र भएको भन्दै अरुले बोकाइदिएको भारी नबोक्न स्पष्ट चेतावनी दिएका थिए ।
नेपालमा संक्रमणकाल लम्बिदै जाँदा विदेशीहरुको स्वार्थपनि सतहमा खुल्ला रुपमा देखिन थालेको छ । पछिल्लो समय भारतको भूमिमा प्रष्ट रुपमा सतहमा आइसकेको छैन । ‘सहमति’ को संविधान जारी गर भन्ने भन्दा उसले अरु देखिने भूमिका केही गरेको छैन । तर, उसको स्वार्थ कहिँ न कहिँ मधेससंग गाँसिएको छ ।
एमाओवादी र मधेसी मोर्चाको अडान र उनीहरुको उत्साहका पछाडि भारतको ‘शेष नाग आशीर्वाद’ रहेको अनुमान गर्न सकिन्छ । नत्र मिल्ने अवस्थामा पनि अनेक बहाना बनाएर सहमतिबाट पछ हट्ने सामथ्र्य भारत बाहेक अरुले मधेस र माओवादीलाई दिन सक्दैन ।
पश्चिमाहरुले धर्म परिवर्तन र क्रिश्चियन धर्म प्रचारका लागि गरेको करोडौँ डलर तथा युरो लगानीलाई डाइभर्ट गरेर जातीय राज्इतिर पनि बाँडेको सूचना सरकारले पाएको गृहमन्त्रालय स्रोत बताउँछ । जातीय राज्य मागेर आन्दोलन गर्नेहरुका लागि पैसाको खोलो नै बगाइएको छ ।
आदिबासी जनजातिको नेतृत्वमा कांग्रेस र एमाले निकट आदिवासी तथा सीमान्तकृत समुदाय रहेकाले आफ्नो स्वार्थ अनुरुपको आन्दोलन हुन नसक्ने देखेपछि पश्चिमाहरुले महासंघलाई डोनेसन दिन बन्द गरेका छन । त्यो पैसा खर्च गर्नका लागि उनीहरुले अर्को बैकल्पिक आदिवासी आन्दोलन खोजेका थिए । त्यही भएर हिन्दूराष्ट्र र हिन्दू धर्म विरोधी पद्मरत्न तुलाधरको नेतृत्वमा वैकल्पिक आदिवासी आन्दोलन खडा गरिएको एक प्रभावशली आदिवासी जनजाति अभियन्ताले बताए ।
पद्मरत्न तुलाधर अन्दोलनसमितिसंग अथाह पैसा रहेको र त्यो खचए गर्ने उपाय अरु केही नभएर भाडामा मान्छे जम्मा गरिएको चर्चा पनि आदिवासी जनजातिबीचमै चल्ने गरेको छ । तुलाधर मोर्चाको आन्दोलन भने पनि प्रदर्शन भने पनि त्यसमा एमाओवादीका कार्यकर्ता नै सहभागी हुने गरेका छन ।
हिसिला यमी पनि हिन्दू धर्म विरोधी अभियानमा छिन । यो पैसा परिचालन गर्नेमा भने संघीय समाजवादीका नेताहरु बढी रहेको समाचार सोमबार साँघु साप्ताहिकले छापेको छ ।
Post a Comment