कार्यकर्ताको मृत्युपछि सहिद घोषणा गर्न माग

२८ पुस, जनकपुरधाम । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजाराम झाको प्रहरीसँगको झडपमा मृत्यु भएको दावी गरेको छ ।
प्रहरीले भने झडप नभएको र उनको मृत्यु हर्टअट्याकबाट भएको हुनसक्ने बताएको छ ।
३० दलीय गठवन्धन धनुषाको सोमबार बसेको बैठकले झडपका क्रममा संवेदनशील अंगमा चोट लागेर झाको मृत्यु भएको भन्दै सहिद घोषणा गर्न माग गरेको छ ।
साथै पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै ३० दलीय गठवन्धनले अनिश्चितकालीन बन्द घोषणा गरेको छ । साथै उसले गृहमन्त्रीको राजीनामा मागेको छ ।
प्रहरीले भने भ्रमरपुरामा बेहोस भएको खबर आएपछि तत्काल उद्धार गरी अस्पताल लगेको तर, बाटैमा मृत्यु भएको बताएको छ । झा ३० दलीय मोर्चाको बन्दका क्रममा विहानभर प्रदर्शनमा सहभागी भएको बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget