प्रशिक्षक र खेलाडीको अश्लील भिडियो प्रधानमन्त्रीको वेबसाईटमा !

काठमाडौं । भारतको छत्तिसगढस्थित अस्पतालमा छात्राको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै खेलाडी र प्रशिक्षकको अश्लील सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।
यो भिडियो नेशनल क्याडेड सब जुनियर टेबल टेनिस प्रतियोगिताको दौरानको भएको बताइएको छ ।
फुटेज सार्वजनिक भएपछि भारतीय टेबल टेनिस संघले ती प्रशिक्षक र खेलाडीलाई आगामी राष्ट्रिय प्रतियोगितामा बन्देज लगाएको छ । सोही काण्डमा संघका महासचिवले नै राजिनामा दिएका थिए ।
टेबल टेनिस संघ छत्तिसगढका अध्यक्ष शरद शुक्लाले भने बाहिर खेल्न जाने खेलाडी र प्रशिक्षकबीच मस्ती हुने गरेपनि यसलाई ठूलो रुपमा नलिएको भन्दै विवादस्पद अभिव्यक्ति दिएका छन् । हालै मध्येरातमा प्रशिक्षकले युवतीलाई निकालिरहेको उक्त भिडियोबारे भने उनले केही बताउन चाहेनन् ।
उक्त भिडियो एक डाक्टरले सार्वजनिक गरेका हुन् । ती डाक्टरले यस्तो भिडियो प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाईटमा हालिदिएका थिए । केहीसमयअघि आन्ध्र प्रदेशको राममुन्दरीमा भएको प्रतियोगितामा उक्त घटना घटेको हो ।
उक्त प्रतियोगितामा सहभागीको उमेर १२ देखि १४ वर्षको भएको र ती प्रशिक्षक २० बर्षीय राष्ट्रिय खेलाडी हुन् । उनले रातको करिब साढे १ बजे कोठाबाट दुई युवतीलाई निकालेका थिए ।
होटलमा भएको उक्त घटना सिसिटिभी क्यामेरामा कैद भएको थियो । पीडित खेलाडीले घटनाबारे आफ्नो परिवारलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।
-एजेन्सीको सहयोगमा


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget