काठमाडौ – रामवरण यादव र सुशील कोइराला नै माघ ८ मा संविधान जारी हुन नदिन भित्रभित्रै सक्रिय रहेको आरोप कांग्रेसभित्रैबाट लागेपछि कोइराला सरकारको बिकल्प खोज्न सुरु भएको छ । लामो समयदेखि मौनता साँध्दै आएका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पनि अब सुशील कोइरालाबाट सरकार पनि नचल्ने र संविधान पनि नआउने भएकाले विकल्प खोज्नुपर्ने आफूनिकट नेताहरुमार्फत् प्रवाह गरेका छन् । माघ ८ मा संविधान आउँदा राष्ट्रपति र प्रधानमन्त्री दुवैले हात धुनुपर्ने भएकाले परोक्ष रुपमा प्रचण्ड मोर्चालाई उनीहरुले भरोसा दिएको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।
माघ ८ को मुखैमा माएर राष्ट्रपतिले आफ्नो संवैधानिक दायराभन्दा बाहिर गएर दलका नेताहरुलाइ शीतल निवासमा बोलाएर सहमतिमा संविधान ल्याउन आग्रह गर्नुलाई उनको सदासयतामात्र मान्न सकिन्न ।
त्यसो त प्रधानमन्त्री कोइरालासमेत माघ ८ लाई आलटाल गरेर पर सार्ने खेलमा थिए भन्ने कुरा उनी निकटका महामन्त्री कृष्णप्रसाद सिटौलाका अभिव्यक्ति र चलखेलले पनि पुष्टि गर्छन् ।
संविधान निर्माणका खसवालमा कांग्रेसभित्र जुनखाले विवाद र विचारहरु आए ,ती नियोजित थिए कि भन्ने प्रश्न पनि उब्जिएको छ । अमरेशकुमार सिंहले खुलेआम माओवादीको एजेन्डा बोकेर हिँड्दा उनीमाथि कुनै कारबाही नहुनु,पार्टीमा कहिल्यै पनि छलफल नगर्नु र प्रधानमन्त्रीको हैसियतमा कोइरालाले कुनै पनि सहमतिको सूत्र निदिनुले उनको नियतमाथि प्रश्न उठाउन सकिने पर्याप्त ठाउँ रहेको कांग्रेस नेताहरुले नै बताउने गरेको आजको साँघु साप्ताहिकमा खबर छ ।
Post a Comment