को-को सँग रोमान्स गरेको कल्पना गर्छन् युवतीहरु ?

यौनिक रुपमा स्वस्थ व्यक्तिमा यौनेच्छा हुनु स्वभाविक हो र मानिसले विपरित लिंगीसँगको यौनिक क्रियाकलापका विषयमा विभिन्न खाले कल्पना समेत गर्दछ, चाहे त्यो अप्राप्य नै किन नहोस् ।
विवाहित महिला पुरुषहरु आफ्नो जिवनसाथीसँगको यौन सम्बन्धका विषयमा सोँचविचार गर्ने कुरा आफ्नो ठाउँमा छ । तर आफ्नो यौनसाथी वा जिवनसाथी बाहेक मानिसहरु अरु को सँग यौनक्रिडा गरेको कल्पना गर्छन् होला ? बेलायतमा गरिएको एक अध्ययनले महिलाहरुको सेक्सुअल फन्टासीको विषयमा अनौठो तथ्य सार्वजनिक गरेको छ ।
अध्ययन अनुसार सयमा २० प्रतिशत महिलाहरु आफ्ना पुरुष सहकर्मी वा हाकिमसँग यौनक्रिडा गरेको कल्पनामा रमाउँछन् ।
विवाहित मानिसहरुलाई लक्षित गरिएको डेटिङ वेबसाइट भिक्टोरिया मिलानले गरेको सर्भेक्षण अनुसार ८० प्रतिशत बेलायती महिलाहरु आफ्नो जिवनसाथी बाहेकका अन्य मानिससँग सेक्स गरेको कल्पना गर्ने मामिलामा निकै सक्रिय छन् ।
४ हजार ३५६ जना महिलामा गरिएको अध्ययन अनुसार २० प्रतिशत महिलाहरुले आफ्नो सहकर्मी वा हाकिमसँग यौनसम्बन्धको कल्पना गर्छन् ।
सहकर्मी र हाकिमपछि महिलाले आफ्नो लोग्नेको साथीसँग यौनसम्बन्धको कल्पना गर्दा रहेछन् । १४ प्रतिशतले आफ्नो श्रीमानको साथीसँग यौनसम्बन्धको कल्पना गर्ने गरेको बताएका छन् ।
त्यस्तै १३ प्रतिशत महिलाले आफुलाई योगा सिकाउने गुरुसँग यौनसम्पर्क गरेको कल्पना गर्ने गरेको बताएका छन् ।
उक्त डेटिङ साइटका प्रवक्ताले आफ्नो सहकर्मी, हाकिम, लोग्नेको साथीलगायत सँग यौनसम्बन्धको कल्पना गर्ने बेलायती महिलाहरुको आचरणमा खराबी देखिएको औल्याएका छन् । यस्तो कल्पनालाई कल्पनामै सिमित राख्नु स्वस्थ व्यवहार भएपनि त्यसलाई यथार्थमा परिणत गर्न खोज्नु भने भयानक हुने तर्क उनको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget