६५ वर्ष देखि सिक्का जम्मा,,,, तर किन ??

माघ १२
साँनो छदा हामीले खुत्रुकीमा कसरीले एक एक रुपैया जम्मा गथ्र्यो, याद छ तपाईलाई ? जम्मा गरिएको ती रुपैया हामीले महिना र वर्षौपछि निकाली केही कामका लागि खर्च गर्छौ, तर यी त सामान्य कुरा हुन् ।

यसैसंग सम्बन्धित एक यस्तो खबर हामी तपाईहरु  माझ पस्कदै छौ, जसलाई सुनेर तपाई अवश्यक नै भन्नु हुन्छ, अरे ,,,, यस्तो पनि गर्दा रहेछन् है ?? मेट्रोको खबर अनुसार अमेरिकाको टेक्ससमा रहने एक ८१ वर्षीय पेंशनर इरा कीजले ६५ वर्ष देखि सिक्कालाई बचाउने काम गरेको छ । अर्थात् इराले विगत ६५ वर्ष देखि सिक्का जम्मा गरेको छ ।

उनको बुवाले उनलाई जहाँ रहेपनि सिक्का बचाउने काम गर है भनेका थिए, सोही कारण उनी सधै सिक्का बचाउने काम मात्र गरिरहेका छन् । इरा जब १७ वर्षका थिए, उनले त्यतिखेरको समय देखि नै सिक्का जम्मा गर्ने काम सुरु गरेको थियो ।

उनको जीवनमा कयौ समस्याहरु आए तर पनि उनले जम्मा गरेको सो सिक्का कहिल्यै पनि प्रयोग नगरेको इराले बताएका छन् । उनले जम्मा गरेको सिक्का धेरै भएका कारण इराले अब जम्मा गरिएको ती सिक्काहरु कुनै बैंकलाई दिने निर्णय गरे ।

अनि ती बैंकका कर्मचारीहरु नै आश्चर्य चकित भए । ६५ वर्षबाट बचाएर राखिएको ती सिक्काहरु सानो सानो १६ वटा वाल्टिनमा जम्मा गरेर राखिएको थियो । जुन पुरा २ सय २६ किलोको थियो । साथै स्लेटन नाम गरेको क्षेत्रमा रहेका प्रोसपेरेटी बैंकले ती सबै सिक्का निकै खुशीका साथ लिन तयार समेत भए ।

 इराले जम्मा गरेको ती सिक्का गन्न पुरा एक घण्टा लागेको थियो । एक सत्य कुरा भन्ने हो भने सिक्काहरु अहिले नै लोप हुँदै गैरहेको छ । ( एजेन्सीको सहयोगमा )
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget