अभिनेत्री शुभेच्क्षा थापा मोडल र नायिकामा मात्र सिमित रहिनन् । यस अघि विभिन्न भुमिकामा अभिनय गरिसकेकी थापा अब भने निर्माताका रुपमा देखिने भएकी छिन् ।
उनले निर्माण गर्ने चलचित्र ‘मखमली’का लागी मुख्य कलाकारहरु पनि छनोट गरिसकेकी छिन् । जसको मुख्य भुमिकामा उनलाई अशोक फुयाँल, जीवन गिरी र डा। सिके सिहंले साथ दिने भएका छन् ।
चिकित्सापेशामा आबद्ध सिके को यो डेब्यु चलचित्र हो । निर्माता थापाका अनुसार मखमली साधरण गाँउले युवतीको जवानी शहरमा कसरी लिलाम हुन्छ भन्ने बिषयमा बनेको बताइन् ।
फिल्मको कथाले मागेको उत्तेजक सहावास देखि जवानी लिलामसम्मको दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिने निर्माणपक्षले जनाएको छ । उनले फिल्मलाई ओस्कारसम्म पुर्याउने लक्ष्य राखेर निर्माण थालेको समेत बताइन् । राजु गिरीले निर्देशन गर्ने मखमलीमा अर्जुन पोखरेलको सँगीत रहनेछ ।
Post a Comment