सम्प्रदाय एउटा यस्तो सम्प्रदाय हो जसका ३९ जनाले १८ वर्ष पहिले अर्को ग्रहमा पुग्न पाईने सन्देशपछि सामूहिक आत्महत्या गरेका थिए ।
उनीहरुको मान्यता थियो की एलियन अर्थात दोस्रो ग्रहमा आफ्नो आत्माले दोस्रो जन्म लिनेछ । घटनाको १८ वर्षपछि यो सम्प्रदायका मानिसहरुले आफ्ना सदस्यहरु जिउँदै रहेको विश्वास छ ।
१६ मार्च १९९७ मा अमेरिकासहित पुरा विश्वमा क्यालिफोर्नियास्थित एक आश्रममा ३९ शब भेटिएपछि हलचल मच्चिएको थियो ।
सबै मानिसले एउटै कपडा लगाएर माथि बैजनी रंगको कपडाले ढाकिएको थियो । यो सामूहिक आत्महत्या एक सनकी धर्मगुरुको करतुत थियो ।
उनले पृथ्वी धेरै छिट्टो हमला हुँदैछ र यदी स्वर्ग जाने हो भने त्यसअघि नै पृथ्वी छोड्नुपर्ने बताएका थिए । मार्सल हर्फ एफव्हाइट नामका यी धर्मगुरुको जन्म १२ मे १९३१ मा अमेरिकामा भएको हो ।
उनी आफूलाई जिसस क्राइष्टको अवतारको रुपमा लिन्थे । धुमकेतुको तस्वीर देखाएर उनले पृथ्वीमा आक्रमण गरेर नष्ट गर्न लागेको बताएका थिए । सोही अनुसार उनका ३८ जना अनुयायीले उनीसँगै २६ मार्च १९९७ मा बिष सेवन गरेर सामूहिक आत्महत्या गरेका थिए ।
अहिले पनि उनीहरुका २०० भन्दा बढी सदस्य रहेको जनाइएको छ । २१ डिसेम्बर २०१२ मा यही सम्प्रदायले पृथ्वी नष्ट हुने अफवाह फैलाएर फ्रान्सको एक पहाडी इलाकामा जम्मा भएका थिए । तर, यो भविष्यवाणी झुठो सावित भयो
Post a Comment