काठमाडौं – नेपालको संविधान निर्माणको विषयमा सहमति कायम गर्न दलहरुको २०७१ पुस २४ गतेका दिन प्रधानमन्त्री निवास बालुवाटार काठमडौंमा संयुक्त बैठक बसिरहँदा एमाले अध्यक्ष केपी ओलीले आफ्नो विचार राख्ने क्रममा समथर भूभाग जति तराइमा पार्ने हो भने युपी र बिहारलाई पनि पारे भइहाल्छ नि भनेको अभिव्यक्तिपछि छिमेकी मित्रराष्ट्र भारत संधिवानसभाको दोस्रो ठूलो दल एमालेप्रति भित्रभित्रै आगो भएको कुरा नेपालको राजनीतिलाई नजिकबाट हेर्नेहरुले चर्चा गर्न थालेका छन् ।
भारतको मात्र होइन,नेपालको राजनीतिमा समेत विशेष भूमिका रहने गरेका भारतका दुई राज्यहरु यूपी र बिहारको बारेमा नकारात्मक रुपमा राजनीतिक टिप्पणी हुँदा भारतको मुटु चसक्क हुने गर्दछ । यूपी र बिहारका बारेमा कुनै कसैले नकारात्मक टिप्पणी गर्छ भने त्यो व्यक्ति भारतको कालो सूचीमा पर्ने गरेको विगतको इतिहास छ । नेपालको राजनीतिका बारेमा चासो र चर्चा गर्ने भारतका पत्रकारहरु ,बौद्धिक व्यक्ति र राजनीतिक व्यक्तिहरुका अनुसार ८ जनवरी २०१५ को यूपी र बिहारको अभिव्यक्ति काण्डपछि एमालेका अध्यक्ष केपी ओली भारतको कालोसूचीमा परेका छन् । ओलीको सो अभिव्यक्ति पश्चात् रिसले मुर्मुरिएको भारत सरकारको विदेश मन्त्रालय नयाँदिल्लीस्थित साउथ ब्लकले त बक्तब्य नै निकालेर विरोध जनाउने स्थितिमा पुगिसकेको थियो ।
Post a Comment