१ माघ, काठमाडौ ।
एकिकृत नेकपा माओवादीले सत्तारुढ दल कांग्रेस र एमालेले पेलेरै दुई तिहाइबाट संविधान जारी गर्न खाजेको भन्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
विहिवार विहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पोलिट्व्युरो बैठकले सत्तारुढ दलले सहमतिलाई लत्याएर अघि बढेको निष्कर्ष निकाल्दै सडक र सदनबाट प्रतिकार गर्ने निर्णय गरेको हो ।
विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान विपरित कांग्रेस र एमाले अघि बढेकाले प्रतिकार गर्ने एमाओवादीका नेता अग्नी सापकोटाले बताए ।
बैठकले एमाओवादीसहितको तीस दलको मोर्चालाई थप सशक्त बनाउदै संविधान सभा बाहिरको साना दलहरुसंग पनि कार्यगत एकता गरेर अघि बढ्ने निर्णय गरेको छ ।
Post a Comment