वासिङटन हमाला गर्ने योजना एफबीआईद्वारा विफल

वासिङटन, माघ १ – इस्लामिक स्टेट (आइएस) बाट प्रभावित बनेर अमेरिकाको वासिङटनमा हमला गर्ने योजना बनाएको भन्दै एक व्यक्तिलाई एफबीआईले ओहायो राज्यमा पक्राउ गरेको छ ।
अदालतको पत्र अनुसार पक्राउ परेका २० वर्षीय क्रिस्टोफर कोर्नेलमाथि अमेरिकी सरकारी अधिकारीको हत्या गर्ने प्रयास गरेको अरोप लगाइएको छ ।
इस्लामिक स्टेटजस्ता अतिवादी समूहलाई समर्थन गर्दै ट्वीट गरे पछि क्रिस्टोफरमाथि एफबीआईले निगरानी राख्दै आएको थियो ।
लामो समयदेखि खुफिया एजेन्टले निगरानीमा राखिरहेका उनलाई हतियार किनेपछि बुधबार पक्राउ गरिएको थियो ।

गत अगस्तमा राहिल महरुस उबयदाको नामबाट क्रिस्टोफरले ट्वीटर चलाइराखेको एफबीआईले पत्ता लगाएको थियो ।
बिबिसीका अनुसार उनी आइएसबाट प्रत्यक्ष रुपमा संचालित नभएपनि उनीहरुजस्तै जिहाद आफ्नै शुरु गर्ने तयारीमा रहेका थिए ।
गोप्य स्रोतलाई उल्लेख गर्दै बिबिसी लेख्छ, ‘गत अक्टोबरमा क्रिस्टोफरले आफूलाई हतियार चाहिएको स्रोतलाई बताएको थियो । तर, के कारणले भन्ने चाँही खुलाएका थिएनन् । पछि दोस्रो भेटमा मात्र वासिङ्टन जाने र त्यहाँ क्यापिटोल बिल्डिङमा पाइप बम पड्काउने र त्यहाको कर्मचारीमाथि गोली बर्साउने योजना सुनाएका थिए ।’
क्रिस्टोफरलाई एफबीआईको संयुक्त आतंवाद टास्क फोर्सले दुई एम–१५ सेमी अटोमेटिक राइफल र ६ सय राउण्ड गोलीगठ्ठाको साथ पक्राउ गरेका थिए । उनले पाइप बम र वासिङ्टनबारे इन्टरनेटमा अध्ययन गरेका थिए ।
क्रिस्टोफरका पिताले भने आफ्नो छोराले उत्तेजित सन्देस ट्वीट गरे पनि त्यस्तो हमला गर्न असक्षम भएको दाबी गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget