खानपानको आनन्द उठाउनुस तर सन्तुलनमा

 कार्तिक ६, २०७२- चाडबाडको रमझमसँगै खानपानमा आनन्द उठाउँदा सन्तुलनमा रहन चिकित्सकहरुले सल्लाह दिएका छन । ‘भोजनलाई औषधि बनाउनुस् र औषधिलाइ भोजन’, इशा पुर्व ४३१ का हिप्पोक्रेटसको भनाई अझै सान्दर्भिक भएको जनाउँदै मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘नखाने भनेको होइन सबै कुरा खानुस् तर सन्तुलन मिलाउँदै, आफनो स्वास्थ्यको अनुकूल हुने गरी, किनभने आज मात्र नभएर तपाई भोली–पर्सी समेत यसरी नै आनन्द मनाउँदै खानुछ ।’ दशै तिहारमा घर परिवार, आफन्त साथीसँग जमघट गरी स्वादिला परिकारमा आनन्द मनाउनु समेत यसको विशेषता हो । जटिल र दिर्घकालीन रोग
भएकाहरुले भने अत्यन्त सचेत हुनपर्ने डा. ओम बताउँछन् । दुई सातासम्म परवाह नगरी खानपिन जारी राखे उच्च रक्तचाप, मृगौलाको समस्या, मुटु, मस्तिष्क वा आँखामा गम्भीर समस्या हुने सम्भावना रहने उनी बताउँछन् । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को तथ्य पत्र अनुसार स्वस्थकर आहारले हामीलाई सवै प्रकारको कुपोषणवाट जोगाउनुका साथै मधुमेह, मुटुरोग, स्ट्रोक र क्यान्सर जस्ता रोगबाट समेत सुरक्षा प्रदान गर्छ । यस्तै, अस्वस्थ्यकर खाना र शारीरिक गतिविधिमा कमी विश्वव्यापी रुपमा स्वास्थ्यसम्बन्धी जोखिम हो । दशै तिहारताका रक्सी सेवन, एकै ठाउँमा वसेर तास खेल्नु, मासु लगायतका गरिष्ठ भोजनको अत्यधिक सेवनले सामान्य व्यक्तिलाइ समेत पेट लगायतका समस्या देखिने गरेको बिर अस्पतालका कलेजो रोग विशेषज्ञ प्रा. डा. अनिलकुमार मिश्र बताउँछन् । दशै तिहार ताका खाद्यमा विषाक्तता हुने सम्भावना समेत औल्याउदै विज्ञहरुले खानपानमा स्वक्षता महत्वपुर्ण रहेको बताउछन । शारिरीक निश्क्रियता र आवश्यकता भन्दा बढी खाद्य पदार्थको सेवनले समस्या निम्त्याउने जनाउदै प्रा.डा.मिश्र भन्छन्– ‘दशै तिहारको रमझममा समेत आफनो शरिरले पचाउन सक्ने गरी मात्र सेवन गर्नु उचित हुन्छ ।’ उनी भन्छन्, ‘चाडबाड तथा भोज भतेरमा आफनो आवश्यकता भन्दा बढी खाद्य पदार्थ सेवन गर्ने प्रवृतिलाइ निरुत्साहित गर्नुपर्छ ।’ हाम्रो पचाउने क्षमता सीमित भएकाले प्रोटिन बढी उपयोग गरे पखाला लाग्ने समस्या देखिन सक्ने जनाउँदै विज्ञहरुले प्राय: व्यक्तिलाई यो समय खानाकै कारण कुनै न कुनै शारिरीक समस्या हुने गरेको बताउँछन् । सागसब्जी र फलफूलमा पाइने फाइबर अर्थात् रेसाले मासुमा भएको चिल्लो (कोलेस्टोराल) को आन्द्रामा शोषण घटाउँछ । त्यसैले जहिले पनि मासुजन्य खाने कुरासँग प्रशस्त मात्रामा रेसादार साग सब्जी हुनै पर्ने धारणा डा.ओमको छ ।   दशै तिहार तिर खसी, रांगा, च्याग्रा, लगायतको रातो मासु खानुको सट्टा छाला निकालेका पंक्षीको मासु वा माछा खानु राम्रो मानिन्छ । रातो मासु युरिक एसिड, ट्राइग्लिसराइड, मुटु रोगीका लागि राम्रो मानिदैन । मासु पकाउदा सम्भव भएसम्म थोरै तेल राख्नु पर्ने डा. ओमको सल्लाह छ । उनी भन्छन्, ‘मासुमा हुने बोसो सकेसम्म नखानु राम्रो हो, पकाउने बेलामा छाला र बोसो समेत झिकेर फयाक्ने प्रकृया बढी स्वस्थकर मानिन्छ ।’ बोसोको मात्रा धेरै बढी हुने रातो मासु कोलेस्ट्रोलको स्रोत समेत हो । कुखुरा, माछा, हास, चराचुरुङ्गी लगायतको सेतो मासु रातोको दाजोमा कम खतरनाक छ तर यो पनि धेरै प्रयोग गरियो भने कोलेस्ट्रोल बढाउन सक्ने डा.ओम बताउछन् । खसीलगायतका मासुलाई तार्ने, चिल्लोको उच्च मात्रा हाल्ने, मसला, नुन बढी राख्दा थप कोलेस्ट्रोलको मात्रा बढ्ने गरेको छ । प्राय: मासु ग्रेभी बनाउँदा रमा चिल्लो बोसो अत्यधिक हुने भएकोले यसको उपयोगमा कमी ल्याउनु पर्छ । चाडबाडमा फुर्सद हुने भएकाले सामान्य दिनभन्दा बढी हिंडेर खानबाट प्राप्त क्यालोरी नियन्त्रण गर्न सकिन्छ । जसरी भए पनि बिदामा प्रतिदिन एक घण्टा भन्दाबढी हिंड्ने सल्लाह डा. ओमको छ । दशै तिहारताका मदिराको अत्यधिक उपयोग हुने गरेको छ । २४ घन्टामा स्वस्थ पुरुषले दुई ड्रिक र महिलाले एक ड्रिक लिदा खासै फरक पर्दैन । एक ड्रिकमा ३० मिलिटिर ह्वीस्कि, डेढ सय मिलिलिटर वाइन र अढाइ सय मिलिलिटर वियर पर्छ । तर मुटुको समस्या भएकाहरूले मदिरा सेवन गर्नु हुँदैन । उच्च रक्तचाप नियन्त्रण नभएका विरामीले बढी मदिरा सेवन गर्दा ब्रेन हेमरेज हुन सक्छ । उच्च कोलेस्ट्रोलको समस्या भएकाहरुले समेत बढी मदिरा सेवन गर्नु हुँदैन । डा. ओमका अनुसार मस्तिष्काघात युरिक एसिड वढेका, गर्भवती महिला, कलेजोको रोगीहरु, मधुमेह विरामीहरुले मदिरा सेवन गर्नु हुँदैन । खानु मात्र महत्वपूर्ण नभएर चाड पर्वको समय खाना पकाउनु यसलाई सुरक्षित राख्नु समेत त्यतिकै महत्वपुर्ण हुन्छ । डव्लुएचओका अनुसार, सुरक्षित आहारको पाँचवटा साँचोअन्तर्गत खाना सफा राख्नु, काँचो र पाकेको खाना भिन्दा भिन्दै राख्नु, राम्ररी पकाउनु, खाना सुरक्षित तापक्रममा राख्नु एवं खाना पकाउँदा सुरक्षित पानीसंगै सुरक्षित कच्चा पदार्थ उपयोग गर्नु समेत महत्वपुर्ण हो । सुगर फ्रि मिठाइ खादा ढुक्क नहुनस् हामी सवैको घरमा सहजै पकाइने खीर हलुवा सवै भन्दा सामान्य मिठाइ हो । तर दशै तिहारताका घरमा बनाइने मिठाइको संगै वजारमा पाइने मिठाई समेत प्रसस्त उपयोग हुन्छ । तपाई मोटोपनाबाट बाँच्न चाहनुहुन्छ भने मिठाई सेवन गर्दा सचेत रहनुस् । मिठाई खाँदा उमेरको समेत ध्यान राख्नुस् । मुलुकमा मिसावटी मिठाई नियन्त्रणमा आएको छैन । त्यसैले मिठाई मिसावटी नभएको यकिन भए मात्र सेवन गर्नुस । दशै तिहारताका कोल्ड ड्रिक र मिठाईको बढी प्रयोग हुने औल्याउँदै डा.ओम भन्छन्– ‘यसले रगतमा कोलेस्टेरोल र सुगरको मात्र बढाउनुका साथै तौल पनि बढाउँछ । त्यसैले यस्तो खानेकुरा कम खानुपर्छ । कोल्ड ड्रीक्स र मिठाइको सेवन कम गरौं ।’ मिठाइमा सुगर फ्रि भएको दावी गरिए पनि त्यसमा कोलेस्ट्रोल र क्यालोरीको मात्रा कम हुदैन । यसैले एउटा स्वस्थ व्यक्तिले समेत निर्धक्कसँग सुगर फ्रि भनिएको भए पनि केहि विगार नगर्ने भन्ने सोचेर प्रसस्त मात्रामा यस्ता मिठाइन खानु हुदैन । मधुमेह रोगीले समेत स्वादको लागि मात्र सुगर फ्रि मिठाइ थोरै मात्रामा मात्र लिनु उपयुक्त हुन्छ । चिकित्सकले मिठाई सेवन गर्न रोकेको छ भने यात न खानुस वा स्वास्थ्यमा असर न पर्ने गरी सेवन गर्नुस । मधुमेह, मुटूको रोगी र यस्तै प्रकारको अन्य समस्या भएकाहरुलाई मिठाई र चिल्लो एवं वोसो संग वाचेर रहनु पर्छ । यसले उनिहरुमा चिनीको मात्रा मात्र बढन सक्दैन, मुटूको दुखाई समेत हुन सक्छ र अन्य स्वास्थ्य सम्वन्धित समस्या संग जुध्नु पर्न सक्छ । यदि मधुमेह रोगीले मिठाइ सेवन गरेका छन भने उसले खाने अन्य खानामा कटौती गर्दा स्थिति सहज हुन सक्छ । मुटूको रोगी यदि मिठाईको शौखिन छन भने उनिहरुलाई त्यस्तो मिठाई सेवन गर्नु पर्छ जसमा चिल्लो न होस । मुटू रोगीहरु छेनाको मिठाई खान सक्छन । उत्सवको समय बिक्री हुने मिठाइ त्यति ताजा हुँदैन । यस्तो मिठाई धेरै पहिले बनाइन्छ र ताजा देखाउन, चम्किलो राख्न थुप्रै प्रकारको रसायन रंग र रसायनको उपयोग गरिन्छ । यसैले सके सम्म आफनो घर मै आफनो स्वास्थ्य को ख्याल गरेर वनाइएको मिठाइ उपयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । खाना पकाउदा र भंडारण गर्दा खाना छुदा र खाना बनाउँदा हात सावुन पानीले सफा गरेर मात्र बनाउनुपर्छ । यस्तै पकाएको तथा नपकाएको खाद्य पदार्थलाई छुट्टा छुट्टै राख्नुपर्छ । डव्लुएचओको अनुसार नपकाएका खानेकुरा जस्तै माछा/मासु आदिमा हानिकारक सुक्ष्म जीवहरु हुन सक्छ । यी जीवहरु खाना तयार गर्दा अरु खानेकुरामा सर्न सक्छन । नपकाएको माछा/मासु जस्ता खाद्य पदार्थ छुट्टै रान्ख्नु पर्छ भने नपकाएका खाद्य बस्तुका निम्ति प्रयोग गरिने चक्कू, चपिङ्ग वोर्ड, जस्ता घरायसी सामाग्री छुट्टा छुट्टै प्रयोग गर्नुपर्छ । यस्तै माछा मासु अण्डा राम्ररी पकाउनु पर्छ । पकाउँदा हानिकारक जीवहरु प्राय: जसो मर्छन । डव्लुएचओको अनुसार ७० गिग्री सेन्टिग्रेड भन्दा बढीको तापक्रममा खाना तताएर खानाले हानी नहुने कुरा अध्ययनमा देखिएको छ । पोलेर भुटेर तथा कम पकाएर खाने र ठुला आकारका चाँडै न पाक्ने खाना भने विशेष ध्यान दिनुपर्छ । दशै तिहारताका एकै पटक बढी मात्रामा खाद्य पदार्थ बनाएर यसलाई विस्तारै खान राख्ने चलन समेत छ । सामान्य तापक्रममा भने खाना दुइ घन्टा भन्दा बढी राख्नु हुँदैन । डव्लुएचओका अनुसार, पकाएको तथा चाँडै बिग्रिने खाना ५ डिग्रि सेन्टिग्रेड भन्दा कम तापक्रममा रेफ्रिजरेटरमा राख्नुपर्छ । यस्तै ६० डिग्रि सेन्टिग्रेड भन्दा तातो खाना खानुपर्छ वा अरुलाई पस्किनुपर्छ । रेफ्रिजरेटरमा समेत खानालाई लामो समयसम्म राख्नु हँुदैन । चिसोमा राखेको खाना तत्काल नै तताउनुपर्छ र सामान्य तापक्रममा राख्नु हुदैन । डव्लुएचओको अनुसार खानालाई सामान्य तापक्रममा राखेमा सुक्ष्म जीवहरु धेरै चाडो बढ्छन् । तर ५ डीग्री सेन्टिग्रेड भन्दा तल र ६० डीग्रि सेन्टिग्रेड भन्दा माथिको तापक्रममा खाना राखेमा ती सुक्ष्म जीवहरुको वृद्घि रोकिन्छ वा मर्छन् । तर केही हानिकारक जीवहरु भने ५ डीग्री सेन्टिग्रेड भन्दा कम तापक्रममा समेत बाँच्न र बढ्न सक्छ ।ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget