कोइराला भन्छन्- रामचन्द्र र शेरबहादुरको बीचमा परेँ ।

रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौं : निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले पार्टीको आन्तरिक विवाद व्यवस्थापनका लागि आफूले बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीको उम्मेदवारी दिएको बताएका छन्।

पुनः सत्तामा जाने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा पार्टीमा देखिएको मतभेद मिलाउन आफूले प्रधानमन्त्रीको उम्मेदवारी दिएको कोइरालाले बताए।

‘मैले त छोड्छु नै भनेको हुँ, छोड्न सहमत भएकैले संविधानमा पनि त्यो प्रावधान राखिएको हो’, आफूलाई भेट्न बालुवाटार पुगेका कार्यकर्तालाई कोइरालाले भने, ‘सरकारको नेतृत्व गर्ने वा प्रतिपक्षमा बस्ने सुझाव आयो, रामचन्द्रजीलाई दिउँ भन्दा शेरबहादुरजीले मान्नुभएन, मेरो उम्मेद्वारी बाध्यात्मक थियो।’

पार्टीभित्र सन्तुलन मिलाउन र प्रतिपक्षमा बसेर लोकतान्त्रिक अभ्यास गर्नका लागि आफूले उम्मेद्वारी दिएको उनको भनाई थियो।

एक महिला कार्यकर्ताले कोइरालालाई सोधिन्- 'तपाईँ उम्मेदवार नभई अरुलाई बनाउनुभएको भए पनि त हुन्थ्यो नि?'

कोइरालाले जवाफ दिए- 'मैले कसरी उम्मेद्वारी दिएको भन्ने त भनिहाले नि, मेरो रहर थिएन तर दिन पार्ने अवस्था आयो।’

निराशा व्यक्त गरिरहेका कार्यकर्तालाई उनले निराश नहुन आग्रह गर्दै हारबारे पूर्व जानकारी रहेको दाबी गरे।

‘मेरो हारले डेमोक्रेसीको जित भएको छ’, कांग्रेस सांसद तथा कार्यकर्ताहरुलाई सम्झाउँदै उनले कोइरालाले भने, ‘तपाईँहरु किन निरास हुनुहुन्छ?’


एमालेलाई आरोप

'एमालेको सरकारमा बस्दा राम्रो हुँदैनथ्यो त?', कार्यकर्ताको प्रश्नमा कोइरालको जबाफ थियो, ‘यत्रो नाकाबन्दी भयो, मधेसका दलहरु आन्दोलनमा गए, देशलाई नैं संकट पर्‍यो, तर एमालेले समानुपातिक समावेसी प्रतिनिधित्व सुनिश्चित गर्ने विषय र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा समर्थन जनाएन।’ एमालेले समर्थन नजनाएकै कारण मधेसको समस्या समाधान हुन नसकेको कोइरालाको दाबी थियो।

'कांग्रेसले त पहिलो पार्टी भएर पनि सबै कुरा गुमायो नि? राष्ट्रपति लिएर सरकारमा गएको भए हुँदैनथ्यो?', अर्का कार्यकर्ताको प्रश्न थियो।

कोइरालाले तत्काल जवाफ दिइहाले- ‘हामीले सरकारको नेतृत्व गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका थियौं, लोकतन्त्रका लागि त्यो आवश्यक पनि थियो’, उनले थपे, ‘लोकतन्त्रलाई मजबुत बनाउँछु पनि भन्ने र पदको पनि लोभ गर्ने गर्नु त भएन नि।’ राजनीति लामो यात्रा भएकाले तत्कालको लाभलाई मात्र हेरेर नुहुने कोइरालाको तर्क थियो।

शान्ति र स्थिरतापछि विकास आफै हुने भन्दै कोइरालाले ओली नेतृत्वको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए।

‘उहाँले नेतृत्व गर्नुभएको छ, मधेसका माग कसरी सम्बोधन गर्नुहुन्छ, छिमेकीसँगको सम्बन्ध पनि सधार गर्नुहोला’, कोइरालाले भने, ‘तपाईँहरु निरास नहुनुस्। देशको समस्या समाधान भयो भने त त्यो देशका लागि राम्रै त हुन्छ नि।’
'अफवाह फैलाइयो'

मिडियाले भारतीय दूतका बलमा उम्मेदवारी दिएको भन्दै अफबाह फैलाएकोप्रति कोइरालाले दुःख व्यक्त गरे। ‘भारतीय दूत आएर उम्मेदवारी दिन दबाब दिएको भनेर समाचार आयो’, उनले समाचारको खण्डन गर्दै भने, ‘भारतीयहरु, बैरागी, सन्यासीहरु त यहाँ आउँदा भेट्छन्, दूतहरु आएर पनि भेट्छन्, तर मेरो उम्मेद्वारी पार्टीको नीतिअनुसार हो, कसैको दबाबमा होइन।’

प्रधानमन्त्री निर्वाचमा भएको हारबाट निरासा वा लज्जा बोध नगर्न र त्यसलाई सहज रुपमा स्वीकार्न उनले कार्यकर्तालाई
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget