कार्तिक ६
भोजपुर – पुर्वी पहाडी जिल्ला भोजपुरमा मुसलधरे पानीसहित असिना परेको छ । भोजपुरको उत्तरी दिङ्ला क्षेत्रमा दिउसो एक बजेबाट परेको पानी र असीनाका कारण किसानले लगाएको धान लगायत अन्य बालीमा ठुलो क्षति पुगेको स्थानीय उपेन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार लामो समय सम्म परेको मुसलधरे पानी र संगै परेको असिनाले दशैमा टिका लगाउन जानेहरुलाई प्रभावीत बनाएको छ भने किसानले लगाएको अन्नबाली धान र कोदोमा ठूलो नोक्सानी पुगेको छ ।
Post a Comment