आठ मन्त्री छान्दा प्रचण्डलाई आठ तनाब

प्रयास पराजुली
काठमाडौं ।

संसदीय राजनीतिमा आएपछि एमाओवादीका नेताहरुले अपनाउदै आएको सिद्धान्त भसक्कै भुल्न पुगे । शान्ति प्रक्रियामा आएको दस बर्षको बीचमा एमाओवादीका नेता र कार्यकर्तामा यति विघ्न पद मोह पलायो कि सत्ता र पद बिना नेताहरु बाँच्न नसक्ने अवस्थामा आइपुगे । शान्ति प्रक्रियामा आएपछि माओवादी पाँच चिरामा विभाजित हुँदा समेत नेताहरुको सत्ता मोह र पद मोह झन झाङगिदै गयो । एमाओवादीमा यस्तो रोग देखियो कि पद र सत्ता विना अरु सबै फिक्का हुन । माओवादी शन्ति प्रक्रियामा आएपछि प्रचण्ड, बाबुरामले प्रधानमन्त्री बन्ने सौभाग्य पाए । धेरैले मन्त्री बन्न सौभाग्य प्राप्त गरे । जति पनि सरकारमा सहभागी भए सबैले आफ्नो दुनो सोझ्याए । देश र जनताको लागि त टाढाकै विषय भयो आफ्नै कार्याकर्ताहरुको संरक्षण गर्न समेत सकेनन । जनयुद्धमा लाग्ने हजारौ नेता तथा कार्यकर्ताहरु आज अरबको खाडीमा भेडा चराउने काम गरिरहेका छन् । यता सुन्दर सपना देखाउने नेता र नेतृत्व सत्तालिप्सामा जुकाजस्तै टासिदा इमान्दार कार्यकर्ताहरुलाई मुख देखाएर हिडन पनि निकै गाह्रो भएको छ ।



मन्त्री छान्न लाजिम्पाटमा देखिएको लाज
यस पटक प्रचण्डले त्याग नै गरेर एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाए । सरकार गठनमा महत्पूर्ण भूमिका निर्वाह गरेपछि एमाओवादीले रोजको आठ मन्त्रालय पनि पायो । पार्टीको विधि र विधानलाई धज्जी उडाउदै यस पटक एमाओवादीको मन्त्री छनोट गर्ने क्रममा दुनियाँलाई नै अचम्मित बनाएको छ । कम्युष्टि पार्टीमा चेन अफ कमाण्ड भन्ने एमाओवादीमा केही पनि देखिएन । पाखुरीको बलमा यस पटक मन्त्री बन्ने खेलमा नेताहरुले नाङगो नाच देखाए । लाजिम्पाटमा घुर्की र घम्कीको राजनीति यस पटक घिनलाग्दो ढंगले देखियो । मन्त्री छान्नको लागि स्थायी समिति बैठकले नसकेपछि सबै जिम्मेवारी प्रचण्डलाई दिइयो । गृह मन्त्री बिना देश नै चल्न नसक्ने सोच भएका केही नेताहरुले पार्टीको बदनाम हुने गरी मन्त्री बन्न ¥याल काटदा सिंगो कार्यकर्ताको शिर झुकाउनेसम्मका हर्कत भए । मन्त्री छान्नको लागि यस पटक लाजिम्पाटको लाजको सीमाले पराकाष्टा नाघ्यो ।



मन्त्री बन्नको लागि प्रचण्डलाई आफ्नै बाट धम्की
प्रचण्डप्रति असन्तुष्टि जनाउदै नेता डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएपछि प्रचण्ड यसै पनि तनाबमै थिए । सरकार गठन भएसंगै पार्टीमा सुरु भएको मन्त्री बन्न लिगलिगे दौडको कारणले धेरैले मन्त्री बन्ने आकांक्षा देखाए । एक पटक मन्त्री भइसकेकाहरुले पनि पुनः बन्न लालसा देखाए । मन्त्री नबनाए जे पनि हुन सक्ने धम्की पनि यस पटक प्रचण्डले आफ्नै निकट नेताहरुबाट पाए । मन्त्री बनाउनको लागि मापदण्ड भन्दा पनि धम्कीको र घुर्कीको राजनीति पनि घिनलाग्दो ढंगले लाजिम्पाटमा पोखिन पुग्यो । मन्त्री नपाए पार्टी नै छोडनेसम्मको घुर्की र धम्कीको सामना प्रचण्डले निकै नमिठो ढंगले बेर्होनु प-यो । अन्ततः घुर्की र धम्कीको सामना गर्दै सात जना मन्त्री छनोट गरेर प्रचण्डले भारी केही हलुंगो भएको अनुभव गरेका छन् । भारी विसाउन नपाउदै पुनः भारी पनि थपिएको छ ।

मन्त्री नपाएपछि प्रचण्डलाई दलितको तनाब
पार्टीको तर्फबाट सरकारमा सहभागी भएका आठ मन्त्री मध्ये एक जना पनि दलित मन्त्री भएनन । सात मन्त्रीको लफडा टुङग्याउन नपाउदै पुनः प्रचण्डसँग दलितले मन्त्री माग्न लागिसकेका छन् । मन्त्री नपाए पार्टीबाट राजिनामा दिनेसम्मका अभिव्यक्ति पनि दलित नेताहरुले प्रचण्डलाई दिन सुरु गरेका छन् । पछिल्लो समयमा आफ्नो निकट नेताहरुले राजिनामा दिने र पार्टी छोडने लहर चलेका बेला मन्त्री पाउनु पर्ने अभियान विभिन्न जातजातिका संगठनले गर्न सुरु गरिसकेका छन् ।

थारु नेताहरुले पार्टी नै छोडने तयारी
संविधान घोषणा गर्ने अघिल्लो दिन थारु संघर्ष समितिका नेताहरुलाई प्रचण्डले संविधान जारी भएको सात दिनपछि संधिवान संशोधन गर्ने आश्वासन दिएका थिए । संविधान घोषणा भएको एक महिना पूरा हुँदा समेत संविधान संशोधनको काम अगाडि बढ्न सकेको छैन् । सरकारमा पठाउने मन्त्रीहरुको लिस्टमा थारु समुदायबाट पनि कोही मन्त्री बन्न सकेनन । त्यही भएर थारु संघर्ष समितिले प्रचण्डलाई सामुहिक राजिनामा बुझाउने तयारी गरेको छ । प्रचण्डले थारु नेता मध्ये एक जनालाई राज्य मन्त्री बनाउने आश्वासन दिएपछि फुल मन्त्री बनाउनु पर्ने शर्त अगाडि सादै राजिनामा दिने मनस्थितिमा पुगेका छन् ।

मन्त्री बन्न नपाउनको आफ्नै गुनासो
मन्त्री बन्ने रेसमा रहेका जनार्दन शर्मा राम कार्की लगायतका नेताहरु पनि प्रचण्डसंग आक्रोशित भएका छन् । मन्त्री छान्दा दबाबमा परेर मन्त्री छनोट गरेको पार्टीमा इमान्दार नेताहरुको मुल्याङकन नगरेको, दोहो-याएर मन्त्री बनाएकोजस्तो असन्तुष्टि नेताहरुले प्रचण्डसँग व्यक्त गरिसकेका छन् । यसले पनि प्रचण्डलाई तनाब दिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget