अमेरिकी ट्विटरबाट तेस्रो विश्वयुद्धको घोषणा !

एजेन्सी । ह्याकरहरुले अमेरिकाको न्यूयोर्क पोस्ट र युनाईटेड प्रेस इन्टरनेशनल (यूपीआई) को ट्विटर एकाउन्ट ह्याक गरेर अमेरिका र चीनकाबीच युद्ध हुने स्थित बढेको लेखेका छन् ।
यूपीआईको एकाउन्टबाट एक ट्विट भएको छ जसमा पोप फ्रान्सिसले भनेका छन्, ‘तेस्रो विश्वयुद्ध सुरु भयो’ भन्ने लेखिएको छ । केही दिनअघि पेरिसमा भएको आतंकवादी हमलापछि पोपले सबैलाई शान्त हुन आग्रह गरेका थिए ।


दोस्रो म्यासेजमा दक्षिणी चिनिया समुद्रमा चिनिया युद्धपोत र जहाजको इतिहास हेर्दा चीन र अमेरिकाबीच भिडन्त हुन लागेको उल्लेख गरिएको छ । अहिले यस्तो ट्विटर हटाइएको छ ।
यूपीआईले ट्विटर एकाउन्ट ह्याक भएको स्वीकार गर्दै केही मिनेटको अन्तरमा नै ६ वटा यस्ता झुठा ट्विट भएको जनाएको छ । न्युरोर्क पोष्टले ट्विटर एकाउन्ट ह्याक भएकोबारे जाँचबुझ भइरहेको जनाएको छ ।
ट्विटर एकाउन्ट ह्याक केवल युद्धका लागि मात्रै नभएको जनाइएको छ । केही समययता शृङखलाबद्ध रुपमा सञ्चारमाध्यमहरुका ट्विटर ह्याक भइरहेका छन् । ट्विटर एकाउन्ट कसले ह्याक गरेको हो भन्नेबारे केही खुलेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget