नास्त्रेदमसद्वारा गरिएका ६ भविष्यवाणी जुन २०१५ मा पुरा हुँदैछन्

विश्वप्रसिद्ध भविष्यकर्ता नास्त्रेदमसका थुप्रै भविष्यवाणीहरु धेरैजसो सत्य भइसकेको छ जबकी केहि अझै पूरा हुने बाँकी छ ।
यी भविष्यवाणीहरुमध्ये केहि यस वर्ष अथात् सन् २०१५ मा पूरा हुँदैछ ।सन् २०१५ मा एन्टीक्रिष्टको जन्म हुनेछ जसले इसाईहरुको र मानवताका घोर बिरोधी हुनेछन् जसले पूरै संसारलाई आफ्नो कदममा झुकाउनेछ । एन्टीक्रिष्टले चाँडै नै एक वा अनेक देशमाथि कब्जा गरेर त्यहाँको जमिनमा रगतले रातो बनाइदिनेछ । यिनीहरुको क्रुरता हिटलरलाई पनि पछि पार्नेछ । यदि नास्त्रेदमसको भविष्यवाणीहरुमाथि काम गर्ने विशेषज्ञहरुको सल्लाह मान्ने हो भने यो एन्टिक्रिष्ट धार्मिक कट्टरपन्थीको रुपमा आइएसआइएसको रुपमा जन्म लिइसकेको छ ।

यो घटना सन् २०१५ को अन्त वा सन् २०१६ को सुरुमा हुने सम्भावना रहेको छ ।युरोप आर्थिक संकटले ग्रस्त हुनेछ । फ्रान्स, जर्मनीसहित थुप्रै युरोपियन राष्ट्रहरुको अर्थव्यवस्था मन्दीको चपेटामा पर्नेछ । यद्यपी आम जनताको समृद्धि बढ्नेछ भने ठूला राष्ट्रहरुको समस्याहरु त्यसैको अनुपातमा बढ्नेछन् ।

बेरोजगारी र आर्थिक मन्दीको भयानक दौड सुरु हुनेछ ।सन् २०१५ अमेरिकाका लागि निकै महत्वपूर्ण हुनेछ । यो वर्ष अमेरिकाले चीन, रुस र इरानबाट चुनौती पाउनेछ भने प्राकृतिक संकटसँग पनि जुध्नुपर्ने हुन्छ । नास्त्रेदमसका अनुसार अमेरिकाले यो वर्ष भयानक भुकम्पको सामना गर्नुपर्ने हुन्छ । फलस्वरुप अमेरिकाको एउटा हिस्सामाथि ठूलो क्षती पुग्नेछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget