घटनाको अनुसन्धानपछि प्रहरीले उनलाई अदालतमा पेश गरेका ३७ वर्षीय आरोपी ग्रेगरी स्कटलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
उनले ३६ वर्षीय लीजा मैरी हैदरलाई मदिरा पसलबाट लिएर गएका थिए । उनले भूतप्रेतले दिने दुःख भगाउनका लागि यस्तो गरेको बताएका छन् ।
डेली मेलका अनुसार घटना इङल्याण्डस्थित म्यान्चेस्टरको हो । उनले आफूले कुनै एक प्रेतात्माले कसैलाई मारेर बली चढाउन र खान उक्साएको प्रहरीसमक्ष बयान दिएका छन् । लीजाको चाल्र्स हैदरसँग ६ वर्षअघि विवाह भएको थियो ।
उनीहरुका २ बच्चा समेत रहेका छन् । उनीहरुका बच्चा धेरै साना रहेको र सम्झाउन मुस्किल भएको चाल्र्सले बताएका छन् । लीजाका बाबुले आरोपीलाई कुनै हालतमा माफ नगर्ने बताएका छन् ।
Post a Comment