एमाले युवाले निकाले ‘कछुवा जुलुस’

संविधान निर्माणमा भएको ढिलाइप्रति व्यंग्य
२०७१ माघ ५
५ माघ, काठमाडौ । संविधान निर्माणकार्य कछुवाको गतिमा भएको भन्दै नेकपा एमाले सम्बद्ध युवा संगठनहरुले राजधानीमा सोमवार कछुवा र्‍याली निकालेर सभासदहरुप्रति व्यंग्य गरेका छन् ।


एमाले युवा संघले निकालेको कछुवा र्‍याली
दलहरु आफैले तय गरेको समय सीमा भित्र सक्ने गरी काम नगरी कछुवाको गतिमा काम गरेको भन्दै एमाले युवाहरुले ब्यङ्ग्य स्वरुप कछुवा जस्तै बनेर र्‍याली निकालेका हुन् ।
बबरमहलदेखि विजुली बजार पुलसम्म एमाले युवाहरु हात खुट्टा टेकेर घस्रेर हिँडेका थिए ।
कछुवा र्‍याली प्रदर्शनपछि युवा नेताहरुले समयमै संविधान जारी नगरी नेताहरुले ढिलासुस्ती गरेकोले आफूहरुले सांकेतिक विरोध स्वरुप कछुवा जुलुस प्रदर्शन गरेको बताए ।
यसअघि संविधानसभा भवन नयाँ बानेश्वर अघि प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले सो क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेपछि बबरमहलदेखि बिजुलीबजारसम्म प्रदर्शन गरिएको हो ।
एमालेको युवा संगठन युवा संघ नेपालले शनिवार अर्धनग्न जुलुस प्रदर्शन गरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget