सोमबार, माघ ५,
संविधान निर्माणको मिति नजिकिदैं गर्दा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल पहिचानसहितको संघीय संविधानको माग गर्दै आम हड्ताल र विरोधका कार्यक्रमहरु सार्बजनिक गरेको छ । आन्दोलनको बैठकले पहिचान पक्षथरको मागलाई सम्बोधन गराउन दबाबस्वरुप माघ ६ गते आम हड्ताल (नेपाल बन्द) गर्ने लगायतका विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
आन्दोलन नेपालका संयोजक पद्मरत्न तुलाधरको अध्यक्षतामा बसेको बैठकले पहिचान सहितको संघीय संविधानको माग गर्दै माघ ७, ८ र ९ गते शान्तिपूर्ण तरिकाले संविधासभा भवन घेराउ गर्ने निर्णय गरेको छ । बैठकले ‘जातीय पहिचानसहितको संघीय संविधान’ भन्ने मूल नाराकासाथ सांस्कृतिक झाँकी सहित संविधानसभा भवन घेराउ गर्ने निर्णय गरेको हो ।
आन्दोलन नेपालले सम्वन्धित जिल्ला प्रशासन र स्थानीय शहरका चोकहरुमा बृहत जनप्रदर्शन तथा धर्ना कार्यक्रम गर्न सम्पूर्ण घटक संगठन तथा समितिहरुलाई अनुरोध समेत गरेको छ । जातीय पहिचानसहितको संघीय संविधान निर्माणका लागि माघ ६ गते आब्हान गरीएको बन्द सफल पार्न सम्पूर्ण घटक संगठन तथा समितिहरुलाई आब्हान गरेको छ ।
Post a Comment