छोरी भन्दा कान्छीलाइ चौथो श्रीमती बनाए कबिर बेदीले

हलिउड र बलिउड यस्तो क्षेत्र हो जहाँ प्रेम र रोमान्सको कुराले चाहिने भन्दा बढी स्थान पाउने गर्दछ र प्रेम र रोमान्सको मामलामा यो क्षेत्र चाहिने भन्दा बढी उदार पनि भएको हुन्छ |बलिउडमा कबिर बेदी यस्तो नाम हो जसको नाम बुढेसकालमा पनि सुन्दरीगरु संग जोडिने गर्दछ |उनको जीवननाइँ यस्तै रोचक प्रसंगले भरिपुर्ण भएको पाइन्छ |


उत्कृष्ट व्यक्तित्वका मालिक कबिरले अहिले सम्म ४ जना संग बिवाह गरिसकेका छन भने थुप्रै महिला संग प्रेम गरेका छन |अहिले उनि उमेरले ६९ बर्षका भएका छन तर प्रेमको मामिलामा उनि अगाडी नै छन् |उनले अहिले पछिल्लो समय आफ्नो छोरी भन्दा पनि कान्छी महिला संग बिवाह गरेका छन |

कबिरले पहिलो बिवाह प्रोतिमा बेदीसंग गरेका थिए |प्रोतिमाबाट २ सन्तान पनि जन्मेका थिए पूजा र सिद्धार्थ |प्रोतिमासँग सम्बन्ध बिग्रन थालेपछि उनी करिब तीन वर्षसम्म नायिका परवीन बाबीसँग लिभ–इन रिलेसनका कारण चर्चित भएका थिए । यद्यपी परवीनले उनीसँग विवाह गरिनन् ।
सन् १९९७ मा सिजोफ्रिनिया नामको रोग लागेका उनका छोराले आत्महत्या गरे । उक्त घटनापछि निकै मर्माहित बनेकी उनकी पहिलो श्रीमती को पनि मृत्यु भएको थियो ।

कबिर बेदीले दोस्रो विवाह ब्रिटिश फेसन डिजाइनर सुसेन हम्फ्रेससँग गरेका थिए । दुबैको एउटा छोरा एडम बेदी हुन जो अन्तराष्ट्रिय मोडल हुन् । एडमले फिल्म ‘हेलो कौन हे ?’ बाट बलिउडमा पाइला टेकेका थिए । कबिरको दोस्रो विवाह सम्बन्धविच्छेदसँगै अन्त्य भयो ।



कबिरले सन् १९९० को दशकमा तेस्रो विवाह टिभि र रेडियो प्रस्तोता निक्कीसँग गरेका छन् । सन् २००५ मा यो सम्बन्ध पनि टुट्न गयो । दुबैको बच्चा भने भएन । यसपछि नै कबिरको ब्रिटिश मुलकी नायिका र मोडल परवीन दुसांजसँग प्रेम सम्बन्धमा थिए ।

केहि समयपछि लिभ–इनमा बसिसकेको यो जोडीले विवाह गरेको छ । विशेष कुरा के हो भने कबिरकी चौथो श्रीमती करिब ४० वर्षकी परवीन उमेरमा कबिरकी छोरी पूजा बेदीभन्दा पनि चार वर्ष कान्छी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget