बलिउडमा काष्टिङ काउच पछिल्ला दिनमा निक्कै चर्चामा छ । चलचित्रमा अभिनय गर्नका लागि अभिनेत्रीसँग शारीरिक सम्बन्ध राख्ने शर्तलाई काष्टिङ काउच भनिन्छ ।
चलचित्र 'तारे जमि पर'मा अभिनय गरेकी अभिनेत्री टिष्का चोपडाले बलिउडमा अभिनय गर्ने कलाकारको ज्यादै ठूलो जमात नै भएकोले अभिनयको रहर बोकेका नव प्रवेशी कलाकारहरू कास्टीङ काउचको फन्दामा पर्ने गरेको खुलासा गरेकी छिन् ।
कोलकातामा आयोजित एक साहित्यिक कार्यक्रममा टिष्काले आफुले बलिउडमा पाइला राख्दाताका दुई पुरूष काष्टिङ काउचको सामना गर्नुपरेको रहस्य समेत खोलिन् ।
बलिउडमा माग भन्दा धेरै कलाकार भएकोले यस्तो गलत नियत राख्नेहरूले पेशागत भन्दा पनि आफ्नो नीजि माग राख्ने तर त्यसबाट बँच्न सकिने उनको भनाइ छ ।
Post a Comment