यौन सम्पर्क अघि के खानु हुँदैन ?

एजेन्सी । यौन स्वास्थ्यमा खानपिनको पनि ठूलो महत्व हुन्छ । दाम्पत्य जीवन सुखमय बनाउनका लागि जसरी यौन सम्बन्धलाई एउटा आधार बनाइएको हुन्छ, यौन सम्बन्धलाई मजबुत बनाउन खानपिनको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।
यौन सम्पर्क अघि केही खानेकुराका बारेमा सावधानी अपनाउनु उत्तम हुन्छ । सामान्यतया गेडागुडीमा भिटामिन बढी हुन्छ, स्वास्थ्य तथा पौष्टिकताका लागि गेडागुडी खाने गरिन्छ । तर यौन सम्पर्क गर्ने मुडमा हुनुहुन्छ भने गेडागुडी नखानुस् । यो चाँडो पच्दैन र पेटमा ग्याँस भर्न मद्दत गर्छ ।  त्यसैगरी लसुन पनि यौन सम्पर्क अघि खानु हुँदैन । यसको गन्ध निकैबेर मुखमा रहने हुनाले यौन क्रिडाको समयमा तपाइँको पार्टनरलाई निश्चित दुरीमा बस्न बाध्य बनाउन सक्छ । त्यस्तै पनिर पनि यौन सम्पर्कअघि नखानु बेस हुन्छ । किनकी यसको गन्ध पनि निकै बेरसम्म मुखमा रहन्छ । रातो मासु पनि यौन सम्पर्कका लागि राम्रो आहार होइन । पाचनका लागि समय लाग्नुका साथै रातो मासुले चाँडै निन्द्रा निम्त्याउन सक्छ । त्यसैले यौन सम्पर्क गर्ने जोडीले यस्तो मासु नखानु उत्तम मानिन्छ । त्यसैगरी फ्रेन्च फ्राइ जस्ता परिकार पनि नखानु राम्रो हुन्छ । यसमा चिल्लोको मात्रा बढी हुने भएकाले ब्लड सर्कुलेशनलाई सुस्त बनाउन सक्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget