सामाजिक सञ्जालको अग्रस्थानमा रहेको फेसबुक पूरै २४ घण्टाको लागि बन्द हुनसक्ने अनुमान गरिएको छ । प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर फेसबुकले आफ्नो विभिन्न शर्तहरुमध्ये डाटा नीति, कुकिज पोलिसी अपडेट गर्ने भएकाले यसलाई एक दिनको लागि बन्द गर्न लागिएको विभिन्न एजेन्सीहरुले बताएका छन ।
आफ्ना प्रयोगकर्ताहरुलाई फेसबुकमा सहज महसुस गराउन मार्क जुकरवर्गले समयसँगै विभिन्न परिवर्तन गर्दै आएका छन् । समय–समयमा नोटिफिकेसनमार्फत पनि जुकरवर्गले फेसबुकको पोलिसिमा परिवर्तन हुने जानकारी दिँदै आएका छन् । यद्यपी जुकरवर्गले फेसबुक बन्द हुने नहुने भन्ने विषयमा केहि पनि जानकारी दिएका छैनन् ।
Post a Comment