आफ्नै प्रेमिकासँग सहवास गर्दा २ करोड तिर्नु पर्‍यो

जेन्सी ।


मानिसहरुले शारीरिक सम्बन्धका लागि पैसा खर्च गरेको त सुनिन्छ । तर आफ्नै प्रेमि प्रेमिकाबीच भएको सहवासमा पनि करोडौं खर्च गर्नु पर्‍यो भने कस्तो होला ? यस्तै भएको छ एक बेलायती जोडीलाई ।

विदा मनाउने क्रममा अमेरिकी मरुभूमी क्षेत्रमा आफ्नै प्रेमिकासँग यौन सम्बन्ध राखेका कारण एक पुरुषले २ करोड भन्दा बढी खर्च गर्नु परेको छ ।



खासमा बेलायती नागरिक पिटर कुसिन आफ्नी पार्टनर अर्थात प्रेमिकालाई लिएर अमेरिकाको नेबाडा मरुभूमि क्षेत्रमा घुम्न गएका थिए । त्यहाँ उनले तातो पानीको झरनामा नुहाउन थाले ।

यत्तिकैमा उनलाई सहवासको इच्छा भयो । उत्तेजित भएर प्रेमिकासँग यौनसम्बन्ध राख्न खोज्दा हृदयघात हुन पुग्यो ।


एक ट्रक चालकको सहायतामा उनकी पार्टनरले उनलाई सुरक्षित स्थानमा पुर्‍याएर हेलिकोपष्टर मगाइन् ।

उनलाई पाँच दिन सम्म अस्पतालमा राख्नु पर्‍यो । अनि जव अस्पतालमा उनी बिउँझिए त्यहाँ उनलाई करिव २ करोड सम्मको बिल थमाइयो ।

यो घटनापछि उनकी प्रेमिकाले पनि उनलाई छोडेकी छिन् । अहिले उनी बिल कम गर्ने संघर्ष गरिरहेको बताइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget