संसारको कुनै पनि देशमा नग्न भएर सार्वजनिक रुपमा घुम्न अनुमती दिइएको छैन । यसो गर्नाले मानव सभ्यतामा धक्का लाग्ने थुप्रै मानिसहरु बताउने गर्दछन् ।
सायद बन्देज लगाएकै कारण थुप्रै मानिसहरु नग्न भएरै घुम्न रुचाउँछन् । यस्तो घटना नेपालमा सुन्न नपाएपनि विभिन्न युरोपेली राष्ट्रहरुमा यदाकदा सुन्न पाइन्छ । यस्तै एउटा घटना फेरी पनि सार्वजनिक भएको छ । कम्बोडियामा युरोपका एक जोडी शरिरमा एक सरो लुगा नलगाई बाइकमा घुम्न निस्केका छन् । कट्रिना र अल्लोकाको यो जोडि कम्बोडियामा घुम्नका लागि आएको बताइएको छ । कट्रिना इटलीमा बस्ने गर्दछिन् भने अल्लोका फिनल्याण्डमा । उनीहरुलाई नग्न रुपमा सार्वजनिक रुपमा घुमेको देखेर त्यहाँको पुलिस प्रशासनले पक्राउ गरेर आफ्नै देश फर्काइदिएको छ ।
पुलिसका अनुसार नग्न हालतमा कम्बोडिया घुम्न आएका यो जोडि पहिलो भएको बताए । अल्लोका नग्न अवस्थामा नै बाइक चलाइरहेका थिए भने कट्रिना नग्न अवस्थामा नै उनको पछाडि बसेर निकै ठूलो स्वरमा चिच्याइरहेकी थिइन् । उनीहरुको यस्तो आपत्तिजनक व्यवहारले वरिपरिका मानिसहरुलाई पनि तनावमा पारेको थियो । तत्पश्चात, त्यहाँका स्थानीय बासिन्दाले पुलिसलाई सो कुराको जानकारी दिएका थिए ।
Post a Comment