राजधानीमा सेना परिचालन हुने सम्भावना प्रवल

८ माघ, काठमाडौँ ।

माघ ८ मा संविधान आउन नसक्ने भएपछि संभावित मुठभेड र  सुरक्षा खतरालाई ध्यानमा राखेर बिहीबार राजधानीमा विशेष सुरक्षा व्यवस्था गरिएको छ।

गृह मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाहरू, संविधानसभा भवन, विमानस्थल, सिंहदरबार, बालुवाटार, कुटनीतिक नियोग तथा दूतावास, शितलनिवास, शीर्ष नेताहरूको निवास्थललगायतका उपत्यकाका संवेदनशिल स्थानमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ। खासगरी संविधानसभा भवन नयाँ बानेश्वरलाई विशेष सुरक्षा घेरामा राखिएको छ।



सम्मेलन केन्द्रभित्र र बाहिर सुरक्षा गस्ती बाक्लो बनाइएको छ। बाहिरतर्फको सुरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई दिइएको छ। अप्ठ्यारो स्थिति आए सेनालाई पनि ब्याकअप फोर्सका रूपमा तयारी अवस्थामा राखिएको स्रोतले बतायो। माघ ८ को सुरक्षा व्यवस्थाको योजना तथा रणनीतिबारे छलफल गर्न गृहमन्त्रालयमा बुधबार अपरान्ह सुरक्षा निकायहरूको बैठक बसेको थियो। बैठकमा गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतम र सुरक्षा प्रमुखहरू र सेनाका उच्च अधिकृत सहभागी थिए। राजधानी बाहिरका मुख्य सहरमा विशेष सुरक्षा निगरानीका लागि गृहले सुरक्षा संयन्त्रलाई निर्देशन दिएको छ।

माघ ८ मा संविधान नआएको विरोधमा हुनसक्ने प्रदर्शनमा घुसपैठ गरेर कुनै आपराधिक समूहले गर्नसक्ने क्रियाकलापप्रतिसमेत प्रहरीले निगरानी बढाएको छ। पछिल्लो समयमा काठमाडौंमा साना हतियारसहित पक्राउ परेका विभिन्न व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले थानकोट नाकामा पनि सुरक्षा व्यवस्था कडा बनाएको छ। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उपत्यकाको सुरक्षा अवस्थामा उच्च सतर्कता अपनाइएको खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget