संविधानसभाको भिडन्तबारे बैद्यको कडा टिप्पणी

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र दलहरूबीच देखिएको विवादलाई ‘चियाको कपभित्रको तूफान’ को संज्ञा दिएका छन्


माओवादीले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादी नेतृत्वको मोर्चाको आन्दोलनको सार र अर्थ अझै स्पष्ट नभएकाले त्यसको धार प्रष्ट हुन नसकेको धारणा राखे ।
माघ ८ मा संविधान आउन नसकेपछि संविधानसभाको औचित्य थप कमजोर भएको जिकिर गर्दै उहाँले अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिकसभामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलले अङ्कको आधारमा आफूहरूलाई आत्मसमर्पण गराएर संविधान ल्याउने प्रयास गरेको बताउँदै त्यो घातकसिद्ध हुने टिप्पणी गरे ।

राष्ट्रवादी मञ्चका संयोजक राजेश्वर देवकोटाले नेतृत्व र सिद्दान्त स्पष्ट नहुँदा संविधान आउन नसकेको बताउँदै नेपालमा जातीय संविधान उपयुक्त नभएको धारणा राखे ।

जनजाति आन्दोलनका अगुवा मल्ल के सुन्दरले उत्पीडन जाति, समुदायलाई अन्तरिम संविधानमा दिइएका हक, अधिकारसमेत कुण्ठित हुने गरी संविधान ल्याउने प्रयास भइरहेको आरोप लगाए । रासस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget