केहि समय अघि आफ्नो चलचित्र बेबी को लागि नेपाल आएका बलिउड अभिनेता अक्षयकुमारले नेपाल शान्त मुलुक भनि टिप्पणी गर्दै ठमेलमा घुम्दै गरेको तस्बिर पोस्ट गरेका छन |
अक्षय कुमारले ट्वीटर मार्फत नेपाल र नेपालीको प्रसंसा गर्दै उक्त तस्बिर पोस्ट गरेको बुझिन्छ |ट्वीटरमा नेपाललाई शान्त मुलुक भनेर टिप्पणी गरेका यी नायकले ठमेल क्षेत्रमा घुम्दै गर्दाको तस्बिर फेसबुक, ट्वीटर र इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।
उनको चलचित्र बेबीको भक्तपुर ,ठमेल लगायतको एरियामा छायांकन गरिएको थियो |निरज पाण्डेले निर्देशन गरेको उक्त चलचित्रमा अक्षय मुख्य भूमिकामा छन |पछिल्लो समयमा बलिउडका कलाकार नेपाल आउने क्रम बढिरहेको क्रममा उनको यो पोस्टले पनि नेपाल बलिउडका कलाकारको पनि गन्तब्य बन्न सक्छ भन्ने पुष्टि हुन्छ |
पछिल्लो तीन महिनामा मात्रै नेहा धुपिया, रबिना टण्डन, अमिर खान, अनुपम खेर, जरिन खान, सन्नी लियोनी,सुष्मिता शेन लगायतका धेरै कलाकार नेपाल आएका छन | नेपालमा बलिउडका कलाकारको पनि आखा जना थालेको पछिल्लो समयमा केहि फिल्महरुको पनि छायांकन हुने गरेका छन |
Post a Comment