उनले दिल्लीमा हुने विधानसभाको निर्वाचन उनले भाजपाका तर्फबाट अरविन्द केजरीवाललाई चुनौति दिने अनुमान गरिएको छ ।
भाजपाले अहिलेसम्म दिल्ली विधानसभाको सिटमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा स्पष्ट बताएको छैन । जया प्रदा २०१४ मा उत्तर प्रदेशको बिजनौरबाट लोकसभा चुनाव लडेकी थिइन् ।
राष्ट्रिय लोकदलबाट उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् । उनी यसअघि तेलंगुदेशम पार्टी र समाजवादी पार्टीबाट विधानसभा सदस्य भइसकेकी छन् । भाजपाले केजरीवालविरुद्ध तीन हस्तीलाई अघि बढाइरहेको छ ।
जसमा जयासहित पूर्व आईपीएस अधिकारी उमा भारती र पूर्व आप नेता शाजिया इल्मी रहेका छन् ।
अघिल्लो पटकको दिल्ली विधानसभाको निर्वाचनमा दोस्रो पार्टी बनाएर सनसनी मच्चाएका केजरीवाल लोकसभा निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसँग पराजित भएका थिए ।
दिल्लीमा काँग्रेससँग मिलेर सरकार बनाई मुख्य मन्त्री समेत भएका केजरीवालले लोकपाल विधेयक पारित नभएपछि राजिनामा दिएका थिए । उनको राजीनामासँगै अहिले दिल्लीमा राष्ट्रपति शासन छ ।
Post a Comment