काठमाडौं: नयाँ बानेश्वरको अल्फाबिटामा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै पनि हालतमा प्रकृयामा जान नदिने र संविधानसभामा घेराउ जारी रहने बताएका छन्। '
प्रचण्ड'ले सहमति र बार्ताको बाधक प्रधानमन्त्री सुशील कोइराला रहेको बताएका छन्। उनले आज पनि संविधानसभालाई कुनै पनि हालतमा प्रक्रियामा जान नदिने बताउँदै आज पनि संविधानसभाको बैठक अवरोध गर्ने पार्टीले निर्णय गरेको बताए। बाह्रबुँदे सहमति, अन्तिमर संविधान र शान्ति सम्झौता विपरीत सहमति नहुने उनको भनाइ थियो। 'संविधानसभामा अवराेध गर्ने सोमबार मध्यरातमा कमजोरी भयो तर कुर्सी र माइक तोड्ने योजना थिएन, उनले भने।
अध्यक्ष दाहालले सहमति र वार्ताको लागि आफूहरु जहिले पनि तयार रहको भन्दै बार्ताको बाधक प्रधानमन्त्री सुशील कोइराला रहेको आरोप लगाए। उनले अहिले पनि सहमति हुन नदिन केही काँग्रेस एमालेका नेता सक्रिय रहेको भन्दै आफूहरु वार्ताका लागि जहिले पनि तयार रहेको बताए।
Post a Comment