अनुष्कासँग रात बिताउन क्रिकेटर बिराटलाई प्रतिबन्ध !

२०७१ माघ ७ गते
मुम्बई । क्रिकेटर बिराट कोहलीसँग डेट गरिरहेकी अनुष्काले भलै आफ्नो सम्बन्धबारे केही बोलेकी छैनन्, तर बिराट क्रिकेट खेल्न जताजता जान्छन् उतै पछि लागेर जाने गरेको देखिएको छ ।
कहिले मेलवर्नका सडकमा रमाउँदै गरेको त कहिले सिड्नीका सपिङ मलमा घुमिरहेका दृष्य सोसल मिडियामा सार्वजनिक भइरहेका छन् ।
धेेरै पटक स्टेडियममा बिराट हातमा ब्याट्स लिएर घुमिरहेको बेला अनुष्का प्याराफिटमा बसेर मुस्कुराइ रहेको देखिएकी छिन् । मैदानमा ठूला उपलब्धि हाँसिल गर्दा ब्याट उठाएर बिराटले अनुष्कालाई फ्लाइङ किस दिइरहेका हुन्छन् ।
चखेवाको जोडीजस्तै जता पनि सँगै हिडिरहेको यो जोडीले अब त्यसरी रोमान्स गर्न नपाउने भएको छ । हालै भारतीय क्रिकेट बोर्डले दिएको निर्देशनका कारण अब बिराटले अनुष्कासँग रात बिताउन पाउने छैनन् ।
यसको मतलव आगामी बिश्वकप क्रिकेट अबधिभर बिराटले आफ्नो रोमान्समा ब्रेक लगाउनुपर्ने भएको छ ।
जुम टीभीका अनुसार बोर्डले कुनै नयाँ नियम ल्याएको नभई पुराना नियमलाई कडाइका साथ लागू गर्न सबै खेलाडीलाई निर्देशन दिएको हो । यसअघि महिला मित्रसँग रात बिताउन नपाउने नियम भएपनि ब्यबहारमा लागू भएको थिएन ।
बिश्वकप अबधिभर अनुष्काले बिराटसँग रात बिताउन र घुम्न पाउने छैनन् । उनको भूमीका अब दर्शकका रुपमा मैदानमा जाने र बिराटलाई हौसला दिनेमात्र हुने छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget