भतिजीलाई गर्भ बोकाउँदा १३ वर्ष कैद

काभ्रे, ८ माघ । आफ्नै भतिजीलाई बलात्कार गरी गर्भवती बनाउने एक अंकललाई जिल्ला अदालत काभ्रेले १३ वर्ष कैद र १ लाख क्षतिपुर्ति भराउने फैसला सुनाएको छ । भतिजी बलात्कार गर्ने अकंलद्वय कानपुर कालापानी गाविस ५ लास्कोटका २४ वर्षिय फुलमान तामाङ र २५ वर्षिय तिर्थमान तामाङ अदालतको आदेशमा पुर्पक्षमा थिए ।
भतिजीको पेट बढ्दै गएको ६ महिनापछि मात्रै आफ्नै सहोदर अंकल मार्फत बलात्कार गरेको सार्वजनिक भएको थियो । यतिखेर सिविस नेपालको संरक्षणमा रहेकी १६ बर्षिया बालिका सुत्केरी हुने अवस्थामा पुगेकी छिन् । जिल्ला अदालत काभ्रेका श्रेस्तेदार हिरण्ण्प्रसाद भण्डारीका अनुसार अदालतले बलात्कारमा संलग्न फुलमानलाई कैद र क्षतिपुर्तिको आदेश दिदै तिर्थमानलाई सफाई दिएको छ ।
बालिकाको बाबु सौतेनी आमा लिएर घर बाहिर बस्दै आएको र  आमा छोराछोरी छाडेर राजधानीमा नोकरी गर्दै गरेको अवस्थामा हजुरबुबाहजुरआमा सँगै बस्दै आएकी बालिका पटक पटक बलात्कृत हुँदै आएकी थिइन् । बालिका बलात्कृत भएको उजुरी परे लगत्तै सिवीसले कानुनी सहायताका साथै बालिकाको संरक्षण गर्दै आएको छ । फुलमानले घरको बुईगलमा लगि बलात्कार गरेको बालिकाले प्रहरीमा दिएको बयानमा उल्लेख छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget