प्रचण्डले गोरिल्ला डान्स गरेः ओली

संविधासभामा तनाव जारी रहेको समयमा सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानसभा स्थलबाट बाहिरिएका छन् । उनले एमाओवादीले गोरिल्ला डान्स गरिरहेको ब्यङ्गात्मक टिप्पणी गरे ।
  आफू केही बेरका लागि मात्र बाहिरिएको बताउँदै उनले अवरोधप्रति पुरानै शैलीमा ब्यङ्ग गरेका छन् । उनले भने-गोरिल्ला डान्सले संविधान बन्दैन ।


हामी संविधान बनाएरै छाड्छौं र सहमतिकै आधारमा संविधान जारी गर्नु पर्छ । सहमतिका लागि आवश्यक संख्या पुर्‍याउनु पर्छ । माओवादीले चल्न दिएको छैन । हामीले सहमतिको प्रयास जारी राखेका छौं । संविधान कस्ने बनाउन दिएन तपाइँहरुलाई थाहा छ । जसरी पनि संविधान आउँछ । उहाँहरुलाई गोरिल्ला डान्स गर्दा फुर्सद छैन । कसरी संवाद गर्नु ?

ओली बाहिरिएसँगै अव संविधानसभाको बैठक केहीबरेका लागि स्थगित हुने संकेत देखिएको छ । विपक्षी नारावाजी भने जारी छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget