भारतमा सुरक्षा व्यबस्था अहिलेसम्मकै कडा, ९०,००० सुरक्षा कर्मी परिचालन

१० माघ, एजेन्सी।
अमेरिकाका राष्ट्रपति बारक ओबामा तिन दिनको भारत भ्रमणको लागि आज अमेरिकाबाट उड्नेछन। उनि भोली आइतबारको दिन भारत आइपुग्नेछन। ओबामा आउनु अगावै दिल्लीमा सुरक्षा व्यबस्था एकदमै कडा बनाइएको छ। दिल्ली पुलिसका साथै अर्द्धसैनिक बलबाट करिब १० हजार जवानलाइ सुरक्षाको काममा खटाइएको छ।


यसै बिच ओबामाको भारत यात्राको प्रेस कभरेजलाई लिएर दुइ देश बिच सहमति हुन सकेको छैन। को को ले कसरी कभर गर्ने कुरामा भारत र अमेरिकाको मिडियाको कुरा बाझिएको छ।

भारतले ओबामाको लागि गरेको सुरक्षा व्यबस्था अहिले सम्मकै सबैभन्दा कडा बताइन्छ। २६ जनवरिमा भारतको गणतन्त्र दिवस परेको हुदा, बिभिन्न कार्यक्रम को सुरक्षा र साथसाथै ओबामाको सुरक्षाको लागि भारतले निम्न व्यवस्था अपनाउने जनाइएको छ।

१. जमिन देखि आकास - बिशेष खालको राडारको मद्दतले जमिन र आकास दुबैतिर निगरानी गरिने व्यबस्था गरिएको छ।

२. २६ जनवरीको भारतको गणतन्त्र दिवसमा हुने कार्यक्रम स्थल वरिपरिको हवाइ सुरक्षा भारतीय वायुसेनाले गर्ने बताइएको छ।


३. भिआइपी बस्ने क्षेत्र वरिपरि सात स्तरित सुरक्षा व्यबस्था हुनेछ।


४. नो फ्लाइ जोनको क्षेत्र १०० बाट ३०० किलोमिटर बनाइएको छ।


५. दिल्ली को राजपथ नजिकको ७१ अग्ला भवनहरु बन्द गरिने छ।


६. दिल्ली पुलिसको ८० हजार कर्मचारि को साथ साथ अर्द्धसैनिक बलबाट करिब १० हजार जवानलाइ सुरक्षाको काममा खटाइएको छ।


७. दिल्लीको करिब ७० अग्ला भवनमा स्नाइपर्स खटाइने छ।


८. अमेरिका को १६०० सुरक्षा अधिकारी ओबामाको भारत यात्रा भरि उनी संगै हुनेछन।सुरक्षा कर्मीको यो सङ्ख्या सन् २०१० मा ओबामाको भारत भ्रमणमा आएका भन्दा दोब्बर हो।

९ लाइसेन्स प्लेट र फेस डिटेक्सन गर्न सक्ने क्यामेराहरु प्रयोग गरिने छ।


१० दिल्लीमा करिब १००० उच्च प्रविधिका क्यामेराहरु जडान गरिएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget