भारतीय सीमाक्षेत्रमा सुरक्षा व्यबस्था कडा

१० माघ, रुपन्देही ।


अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसको अवसरमा भारत आउने भएपछि नेपाल–भारत सीमा नाका बेलहियामा सुरक्षा सतर्कता बढाइएको छ ।

गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ओबामासहित उच्च पदस्थ कूटनीतिक व्यक्ति भारत आउने पक्कापक्की भएपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।



सीमा क्षेत्रमा कुनै पनि खालको अवाञ्छित क्रियाकलाप नहोस् भन्ने हिसाबले दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यालयका अनुसार भारतीय प्रहरी अधिकारीको आग्रहमा अघिल्ला दिनहरुमा भन्दा सीमा क्षेत्रमा सुरक्षा प्रबन्ध कडा पारिएको छ भने दुवै पक्षका प्रहरी गस्तीले सीमास्तम्भहरुको रिपोर्टिङ गर्ने कामसमेत थालेका छन् ।

सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा समेत सुरक्षा प्रबन्ध कडा बनाएको जनाएको छ । रासस

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget