संसारमा कैयौँ यस्ता महिला छन्, जो आफ्नो शरीर परिवर्तन गर्न चाहन्छन् । त्यही चाहनाको पछि लागेर महिलाहरू अनेक प्रकारका सर्जरी गर्छन् र पानीसरी पैसा बगाउँछन् । ‘प्लास्टिक डल’को आकारको शरीर मन पराउने क्याटेला
डेस यस कुरामा निकै अगाडि छन् । उनले कस्मेटिक सर्जरीमा अहिलेसम्म झन्डै करोड खर्चिसकेकी छिन् ।
३८ वर्षीया क्याटेला पहिले पुरुष थिइन् । उनले २३ वर्षको उमेरमा आफ्नो लिंग परिवर्तनको सर्जरी गरिन् । त्यसपछि अहिलेसम्म सातपटक ‘ब्रेस्ट’ सर्जरी गरिसकेकी छिन् । त्यसका साथै ओठ, गाला र चिउँडोको सर्जरी गराइसकेकी छिन् ।
अमेरिकाको मिनियापोलिसमा बस्ने क्याटेलालाई प्लास्टिकको पुतलीजस्तो देखिन मन पर्छ । आफ्नो शरीरको कारण आफूलाई मानिसले घृणा गर्ने गरेको उनी बताउँछिन् ।
क्याटेला भन्छिन्, ‘मलाई लाग्छ कि मलाई प्लास्टिक सर्जरीको धुन सवार भएको छ । तर, अरूभन्दा फरक देखिनु मेरा लागि सामान्य हो । म केही समयमा सेक्स डललाई समेत माथ दिन सक्छु भन्ने लाग्छ ।’
उनी कतै बाहिर निस्कनुअघि हरेक दिन तीन घन्टाभन्दा बढी समय ‘ब्युटी ट्रिटमेन्ट’मा बिताउँछिन् । हरेक हप्ता उनी स्थानीय सैलुन जान्छिन् ।
आफ्नो ब्रेस्टलाई ३८ एच कप साइज बनाइसकेकी छिन् । त्यसभन्दा बढाउन भने उनले सर्जन भेटेकी छैनन् । उनी भन्छिन्, ‘अब मलाई आफ्नो ब्रेस्टको साइज एल वा एम गर्नुपर्नेछ । तर, अमेरिकामा कोही यस्तो सर्जनका लागि तयार छैनन् । म सर्जरीका लागि पहिले पनि विदेश गइसकेको छु । अब पनि जान्छु होला ।’
भलै सर्जरीको असर क्यटेलालाई नपर्ला, तर उनका साथीलाई उनको स्वास्थ्यको चिन्ता छ । क्याटेलाका साथी माइकल भोलर भन्छन्, ‘उनको सर्जरीको मोह निकै डरलाग्दो छ । यसमा निकै खतरा पनि छ । मैले उसलाई कैयौँपटक सर्जरी नगर भनेर भनिसकेको छु । तर, उनी ध्यानै दिन्नन् । निश्चितै हो कि यो ज्यान लिनेसम्मको खतरनाक छ ।’
सर्जरीमा लाखौँ खर्च गरिसकेकी क्याटेलाका अनुसार कैयौँपटक ब्वाइफ्रेन्डको मद्दत लिन्छिन् । उनी भन्छिन्, ‘मलाई यसको परिणामबारे कुनै चिन्ता छैन । ठूलो छाती बनाउन र आकर्षक देखिन आफ्नै ज्यानलाई समेत खतरामा राख्न सक्छु ।’
एजेन्सी
Post a Comment