एजेन्सी । इराकमा इस्लामिक राज्य स्थापनाका लागि भन्दै हिंशात्मक गतिविधिमा सम्लग्न रहेको आईएस आतंकवादीहरुले महिलाहरुमाथि अत्यन्तै अमानवीय र क्रुर व्यवहार गर्नेगरेको खुलासा भएको छ ।
आईएसका लडाकुहरुले यजीदी समुदायका १०–१२ वर्ष देखिका महिलाहरुसँग समेत यौन दास बनाएर लैजाने गरेका छन् ।
उनीहरुले सामूहिक बलात्कारपछि घाइते भएका अन्य लडाकुहरुलाई बचाउनका लागि यजीदी महिलाहरुसँग रगत निकाल्ने गरेको खुलासा भएको हो ।
भर्खरै मात्र आतंकवादीको नियन्त्रणबाट भाग्न सफल एक महिलाले यस्तो खुलासा गरेकी हुन् । उनी आफ्नो सानो बच्चासहित बन्धक बनेकी थिइन् । यौन दास बनाइएकी १९ वर्षीय ती महिलाले पहिलो पटक यस्तो खुलासा गरेकी हुन् ।
इस्लामिक आतंककारीले अपहरण गर्दा उनी गर्भवती थिइन् भने उनका पतिलाई हत्या गरिएको थियो । २८ दिनसम्म बन्धक बनेपछि आफ्नो बच्चासहित उनी भाग्न सफल भएकी थिइन् । आतंककारीहरुले उनीहरुसँग यौन सम्बन्ध नराखे खाना खान र पानी समेत नदिने धम्की दिने गरेको पनि उनले उल्लेख गरेकी छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment