‘केटी काण्ड’मा फसिरहने भुवन केसीको आत्मबृत्तान्त आउँदै, के रहस्य खोल्दैछन् भुवन ?

माघ ६ गते
काठमाडौं । अभिनेता भुवन केसीको आत्मवृत्तान्त आउने भएको छ ।
आउँदो चैत २२ गते सार्वजनिक हुने आत्मवृत्तान्तका लागि सोमवार बागबजारको सिटीम्याक्स हलमा घोषणा कार्यक्रम आयोजना गर्री घोस्ट राइटिङ नेपालले अभिनेता केसीलाई २ लाख ३५ हजार प्रदान गरेको छ । घोषणा कार्यक्रममा केसीकी आमा बिन्दु केसी पनि उपस्थित थिइन् । भुवनले पुस्तक आफ्नी आमाको जन्मदिनमा सार्वजनिक गर्न लागेका हुन् । चैत २२ मा उनकी आमा बिन्दु ७३ वर्षकी पुग्नेछिन् ।

विशेष गरी महिलाका मामलामा धेरै स्क्यान्डलमा फसेका भुवनले कति कुरा सार्वजनिक गरे होलान भन्ने धेरैको जिज्ञासा छ । त्यो जिज्ञासा किताबले मेटेको छ ? भन्ने प्रश्नको उत्तरमा भुनवले आफ्नो जीवनमा महिलाहरुको ठूलो भूमिका भएको बताए । आफू पुरुषभन्दा महिलासँग नजिक हुने बताए । जानी जानी केटी काण्डमा समेत नफस्ने बताए । उनले भने, ‘म आफैँ कसरी काण्डमा फँस्छु मलाई नै थाहा छैन । यही कुरा तपाईंले मेरो पुस्तकमा पनि पढ्न पाउनु हुन्छ ।’ केटीसँगको स्क्यान्डलकै बारेमा उनकी आमालाई गरिएको प्रश्नमा भनिन्, ‘गोपिनी आफै पछि लाग्छन् भने कृष्ण्लाई के दोष ?’ हलिउडका नायक लियोनार्डो डिक्याप्रियोको जीवनी पढेपछि नेपालमा त्यस्तै नायकको जीवनी लेख्ने सोच अन्तर्गत भुवन छानेको पत्रकार कमल ढकालले बताए । आफ्नै नाम गलत, आत्मवृतान्त कति सही ? भुवन केसीको आत्मवृतान्तमा सही कुरा उठाउने घोष्ट राइटिङ नेपालले बतायो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget