जिल्ला संयोजक पुडासैनी यौन कार्यमा लिप्त

आयोडिन नुनको सामाजिक बजारीकरण कार्यक्रम सञ्चालन गर्ने गैर सरकारी सस्थाका संयोजक राजन पुडासैनी कार्यक्रमको नाममा यौन कार्यमा संलग्न हुने गरेको पाइएको छ ।

म्याक्स प्रो नामक गैर सरकारी सस्थाका रसुवा संयोजकले कार्यक्रम गर्ने बहानामा यौन  कार्य गर्न थालेपछि कार्यक्रम प्रभावित हुने भएको छ । कार्यक्रम गरेको जस्तो देखाउन विभिन्न स्थानमा अरूले सञ्चालन गरेको कार्यक्रममा गएर फोटो खिचेर ल्याउने र कार्यक्रम गरेको झुठो अभिव्यक्ति दिने गरेको स्रोतको दावी छ ।

विगतका केहि वर्षदेखिनै यस्ता कार्यमा संलग्न हुदै आएकी एक जना युवतीलाई कार्यक्रम रेकर्ड गर्ने वाहाना वनाएर लिएर जाने गरेको पाइएको छ । ‘अघिल्लो दिन चिलिमेको तातोपानी जाने कार्ययोजना वनाएर भोलिपल्ट दुवै जना स्याफ्रुको सुपरभाइजर ललिता तामाङ भेट्ने वहानामा तातोपानी तर्फ लागेका थिए, स्रोतले भन्यो उक्त केटीको मोवाइलमा चेतावनीमुलक म्यासेजको घण्टी वजेपछि अत्तालिएर धुन्चे फर्किए ’।
साथै उक्त सस्थाले सञ्चालन गरेको घरधुरी भ्रमणमा समेत त्रुटी भेटिएको छ । विशेष सुराकीको आधारमा सो कुराको तथ्य वाहिर आएको हो । सुआहारा नामक गैर सरकारी सस्थाले विगतदेखि नै उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget