‘डन’ गणेश लामालाई भाषण गर्न भ्याइनभ्याइ

काभ्रे । ‘डन’ गणेश लामा अहिले समाजिक र राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानमा राजनीतिक भाषणदेखि लिएर दुर्गम गाउँका समस्या बुझ्न उनी कुदिरहन्छन् ।
सोनाम ल्लोछारको अवसमा तामाङ्ग घेदुङ संघ ढङ्गखर्कले गरेको शुभकामना आर्दान कार्यक्रममा विशिष्ठ अतिथीका रुपमा सम्बोधन गर्न भ्याए ।
‘जवानीको जोश र अल्लारे उमेरमा गरेको कामलाई राज्यले सधैँ एउटै नजरले हेरिरहन्छ’, लामाले सम्बोधन गर्दै भने, ‘गल्ती त जो कोहीबाट पनि हुन्छ, तर अन्जान र बाध्यतामा भएका गल्तीलाई लिएर बारम्बार सताउने भन्दा सुध्रने मौका दिनुपर्छ’ ।
लामा पछिल्लो समय जिल्लाका सामुदायिक विद्यालयहरु, विकट गाविसका समस्या बुझन र राजनीतिक कार्यक्रममा सहभागिता जनाउन दौडधुप गर्न थोलेका छन् । लामा दोस्रो संविधानसभाको निर्माचनमा काभ्रे २ मा फोरम लोकतान्त्रिकबाट उम्मेदवार थिए । लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत हुन् ।
कार्यक्रमहरुमा बोल्दै लामाले आफलाई सञ्चारमाध्यमले डन भनेको कुरा गलत भएको बताए । बाध्यतामा परेर विगतमा गरेका गल्ती देखाए बारम्वार गलत सावित नगर्न समेत उनले आग्रह गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget