बलिउड अभिनेत्री सोहा अलि खान बैबाहिक जीवनमा बाधिने भएकी छन |अभिनयमा उनको माग हुन छाडेपछि उनि बिवाह गर्ने निर्णयमा पुगेकी हुन् | कुणाल कुम्मुको प्रेममा परेकी सोहाको २५ जनावरीमा बिबाह हुने भएको छ ।
केहि समय अगि देखि उनको बैबाहिक सम्बन्धको चर्चा हुन थाल्लेको थियो |यस बारेमा केहि नबोलेकी सोहा केहि समय अघि सामाजिक संजाल मार्फत आफु कुणाल संग प्रेममा रहेको जानकारी गराएकी थिईन |२५ जनावरीमा हुने बिबाहमा स्पेशल म्यारिज एक्टका रजिस्टरको पनि उपस्थिती हुने भएको छ । कार्यक्रममा केही फिल्मी हस्तिहरुको अतिरिक्त सोहाका साथीहरु र नातेदारको पनि उपस्थिती हुने भएको छ ।
सोहा र कुणालको भेट भएको धेरै भएको छैन । उनिहरु दुबैले सामान्य शैलिको जीबनयापन गर्ने प्रयाश गरेका छन् ।विवाहमा पनि उनीहरुले त्यति धेरै धमाका नगर्ने बुझिएको छ |
Post a Comment