महिला सभासदको दिउँसै मापसे आतंक

सोमबार, माघ ५,
एक महिला सभासदले दिउँसै मापसे सेवन गरेर बबाल मच्चाउन थालेपछि संविधान सभा सचिवालयका कर्मचारी र मर्यादापालकहरु हैसान भएका छन । हरेक दिन मदिरा सेवन गरेर संविधान सभा बैठक र संसद सचिवालयमा जाने गरेकी ती सभासदलाई देख्ना साथ सचिवालयका कर्मचारी र मर्यादापालक सकेसम्म तर्किन खोज्छन ।

ती सभासद हुन नेपाली कांग्रेसको कोटाबाट मन्त्रिपरिषदबाट मनोनित गीता वाग्ले । गतसाता संविधान सभा बैठक चलिरहेको बेला सभामुख सुवास नेम्वाङको कार्यकक्ष बाहिर लठ्ठ भएकी सभासदले कर्मचारी र मर्यादापालकलाई मनपरी गाली गर्दै दुव्र्यवहार गरेपछि कोलाहल नै मच्चियो ।



साँघु लेख्छ– कफी चाहियो भन्दै सभामुखको कार्यकक्ष बाहिर पुगेकी सभासद वाग्लेलाई एकछिन पख्नुस भन्दा हात उज्याउँदै दुव्र्यवहार गरेकी थिइन । त्यसको पर्सिपल्ट पुनः मदिरले मातेर हल्लिदै पुगेकी वाग्ले मर्यादापालकतिर फर्केर गाली गरिरहेकी थिइन ।

पत्रकारहरु संविधान सभा अध्यक्ष नेम्वाङलाई भेट्न प्रतीक्षालयमा कुरिरहेको बेलाको त्यो दृश्यले कांग्रेस सभासदहरु समेत लज्जित भए । पूर्णबहादुर खड्का, रामहरि खतिवडालगायतका नेताहरु उनको यो हर्कत नदेखेजसरी भित्र पसे ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget