पत्निका कारण ओबामालाई टेन्सन

१४ माघ, एजेन्सी ।


साउदी अरेविया पुगेका अमेरिकी राष्ट्रपति बराक ओबामा पत्नि मिशेल ओबामाका कारण तनावमा परेका छन् । भारतबाट साउदी राजाको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका ओबामाकी पत्नि मिशेलले टाउकोमा कुनै पनि कपडा नराखी श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका कारण आलोचना खेप्नु परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



ओबामाकी पत्निले शोकमा पनि मर्यादाको ख्याल नगरेको भनेर उनको आलोचना भएको बताइएको छ ।

साउदी अरेवियामा महिलाका लागि कडा कानून छ । त्यहाँ कुनै पनि स्त्रीलाई पति बाहेक अन्य पुरुषले छुन पाउँदृन । त्यस्तै महिलाले शीर देखि पाउ सम्म कपडाले छोप्नु पर्छ ।



मिशेलले शोकसभामा सहभागी हुँदा गर्नु पर्ने कुनै पनि ब्यवहार नदेखाएको भन्दै ओबामा पत्निको विरोध भएको बताइएको छ ।

ओबामा दम्पति रियाद विमानस्थलमा अवतरण गरेपछि त्यहाँका अधिकारीहरुले ओबामासँग मात्र हात मिलाएर मिशेललाई भने टाढैबाट अभिबादन गरेका थिए । मिशेलले मफलर पनि नलगाएको भने १५०० ब्यक्तिले त ट्वीटरबाट विरोध जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget