मलेसियामा उपचारकै क्रममा शेर्पाको निधन

भीम तामाङ, जोहरबारू, मलेसिया
 मलेशियाको जोहारबारु स्थित जोहरबारूको तिब्राउमा रहेको जेसिवाई कम्पनीमा कार्यरत काल्जङ शेर्पाको उपचारको क्रममा निधन भएको छ ।
आजभन्दा एकबर्ष अघि मलेसियामा आएका सोताङ गाबिस वडा नं. ६ का शेर्पाको जनवरी १५ तारिखमा एपेन्डिक्साइडको उपचारको क्रममा जोहोरबारुको सुल्तान स्माइल हस्पिटलमा निधन भएको हो । शेर्पाको करिव एक महिना अघिदेखि दाया पेट दुख्ने गरेको र कम्पनीले सामान्य उपचार गराउँदै आएको भए तापनि पीडित शेर्पालाई ठीक नभएपछि हस्पिटल लगिएको थियो । शेर्पालाई कम्पनीकै सहयोगमा हस्पिटल लगी चेक गराउँदा एपन्डीसाइड भएको र अप्रेशन गर्नु पर्ने डाक्टरको सुझाव बमोजिम डिसेम्बर २३ मा अप्रेशन गरिएको थियो । अप्रेशनपछि डिसेम्बर २९ मा उनी हस्पिटलबाट डिस्चार्ज भई कोठामा आराम गर्दै आएका थिए । जनवरी ३ मा टाँका खोल्न हस्पिटल गएका उनी कोठामा फर्किएपछि आफूले खाएको खाना अप्रेशन गरेको ठाउँबाट बाहिर निस्कन थालेपछि उनलाई पुनः हस्पिटल लगिएको थियो । उनको अवस्थाबारे पहिला उपचारमा संलग्न रहेका डाक्टरलाई देखाउँदा पुनः अप्रेशन गर्नुपर्ने र नेपाली ४० हजार लाग्ने बताएपछि जनवरी ४ मा उनको पुनः अप्रेशन गरिएको बताइएको छ । तर उनको पुनः अप्रेशनपछि अवस्था चिन्ताजनक बन्दै गएको र जनवरी १५ मा निधन हुन पुगेको निजका आफन्त एवं साथीभाइहरुले बताएका छन् । उनको उपचारमा डाक्टरको सल्लाहअनुसार कम्पनीले ध्यान नदिएकोमा उनको निधन हुन पुगेको शेर्पाका साथीहरुले बताएका छन् । उनी काठमाडौंस्थित एसबी एसोशिएसनबाट मलेसिया वैदेशिक रोजगारीमा आएका हुन् । उनेको परिवारमा बुबा, आमा, दाजुभाउजु र दिदीहरु रहेको बताइएको छ ।
साभार : नेपाल आवाज
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget