जनतासँग माफी माग्दै चार पक्षले संयुक्त वक्तव्य निकाल्ने

काठमाडौं : माघ ८ मा संविधान दिन असफल भएपछि मूख्य दलहरुले संयुक्त वक्तव्य निकाली जनतासँग माफी माग्ने तयारी गरेका छन् । बिहीबार दिउँसो बसेको संविधानसभाको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएपछि चार दलबीच सो कसरत शुरु भएको हो ।

बैठक स्थगित भएपछि चार पक्षका शीर्ष नेताहरु संविधानसभा भवनकै शंकर हलमा बैठकमा जुटेका छन् । प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङको पहलमा बसेको बैठकमा कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी दलका नेताहरु सहभागी छन् ।

संविधानसभा बैठक स्थगित भएको समयमा कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलबीचको बैठक राख्ने पहल शुरु भएको छ । चार दलले जेठको गणतन्त्र दिवसमा संविधान जारी गर्ने अनिवार्य शर्तमा जनतासँग माफी माग्ने तयारी गरेका हुन् ।

‘संविधान जारी गर्न नसकेपनि कम्तिमा संयुक्त बक्तब्य जारी गरेर जनतासँग माफी माग्ने कसरत सुरु भएको छ’, स्रोतले भन्यो, ‘यदि सहमति भयो भने आजै चारपक्षीय बैठक बसेर संयुक्त बक्तब्य
निस्कन्छ ।’

जनतासँग माफी माग्दै संयुक्त बक्तब्य निकाल्न एमाओवादी नेता डा. बाबुराम भट्टराईसहितले पहल गरिरहेका छन् । नेता भट्टराईले संविधान दिन नसकेकोमा कम्तिमा संयुक्त बक्तब्य निकालेर माफी माग्नुपर्ने बताएका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget