कुनकुन मुलुकले नेपाल भ्रमण नगर्न सचेत गराए ?

काठमाडौ, ८ माघ । अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले ट्राभल एडभाइजरी जारी गरी नेपाल भ्रमण नगर्न आफ्ना नगरिकलाई सचेत गराएका छन्।
माघ ८ गते संविधान जारी हुनुपर्ने दिन भए पनि संविधान जारी हुन नसकेपछि भएको बन्दहडताललाई दृष्टिगत गरी ट्राभल एड्भाइजरी जारी गरेका हुन्।
नेपालमा अहिले राजनीतिक दलबीच बढेको खिचातानीका कारण विदेशीले नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी भएका छन्।
अमेरिकाले नेपालमा जतिखेर पनि बन्दहडताल हुन सक्ने भन्दै घुम्न जाने आफ्ना नागरिकलाई वर्षैभरि सतर्क रहन आग्रह गरेको छ।
पर्यटकको मुख्य बजार मानिएको यी देशले नेपाल असुरक्षित गन्तव्य हो भन्दै आफ्ना नागरिकलाई एड्भाइजरी जारी गर्नु दु:खद भएको नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस् (नाट्टा)का अध्यक्ष डीबी लिम्बूले बताएका छन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget