भवनबाहिर निक्लदै पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, बैठक शुरु भएदेखि एमाओवादीले गोरिल्ला डान्स देखाइरहेका छन् । तर, तपाईंहरु चिन्ता नगर्नुहोस् आजै प्रक्रिया शुरु हुन्छ ।
उनले आवश्यक संख्या पुर्याएर प्रक्रियामा जाने र त्यही आधारमा संविधान जारी हुने पनि बताए ।
तपाईंले वार्ता गर्न विपक्षीलाई किन नबोलाउनुभएको भन्ने पत्रकारहरुको पक्षमा ओलीले भने, मलाई माइक हानेर बिरामी बनाएका छन्, कसरी बोलाउने ? वहाँहरु सडकमा आन्दोलन गर्नुहुन्छ, यहाँ गोरिल्ला डान्स देखाइरहेका छन् । अनि कसरी हुन्छ वार्ता ?
उनले आफू सहमतिको पक्षमा रहेको तर सहमति नहुने भएपछि प्रक्रियामा जानुपरेको बताए ।
Post a Comment