संविधान लेखन प्रकिया रोक्न संविधानसभामा घेराउ र नाराजुलुस

मार्शल लगाएर भए पनि प्रक्रिया सुरु गर्ने तयारी

काठमाडौं : संविधान ल्याउने भनेर वाचा गरिएको दिन माघ ८ आज हो। तर आज संविधानसभा बस्न पाएको छैन, बैठकको कारबाही सुरु भयो भन्न नपाउँदै एमाओवादी तथा मधेसी मोर्चासहितका विपक्षी सभासद्ले घेराउ गरेर बैठककक्षमै नाराजलुस गरिरहेका छन्।

पौने एकबजेदेखि सुरु भएको नाराबाजी जारी छ। संविधान लेखनका विवादमा दलहरुबीच सहमति नभएपछि सभाध्यक्ष सुवास नेम्वाङ प्रक्रिया अघि बढाउने तयारी छन्। उनले त्यसका लागि मुख्य दलका नेताहरुसँग परामर्श गरिरहेका छन्।आवश्यक परे मार्शल परिचालन गरेर भए पनि प्रक्रिया अघि बढाउने तयारी छ। बैठक कक्षको सुरक्षा लागि खटाइएका मार्शलको संख्या दोब्बर बनाइएको छ।

कांग्रेस एमालेलगायतका दलहरु माघ ८ मा प्रक्रिया सुरु गरेर जनतालाई सन्देश दिने तयारीमा छन् भने एमाओवादी तथा मधेसी मोर्चाहरु प्रक्रियालाई जसरी पनि रोक्ने रणनीतिमा छन्। त्यसैले आजको बैठकमा पनि मुठभेड हुनसक्ने खतरा छ।

संविधानसभा सचिवालयले बैठकको कार्यसूची प्रस्ताव तयार गरेको छ। प्रश्नावली समितिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ।संघीयता, शासकीय स्वरुप, न्‍यायप्रणाली तथा निर्वाचन प्रणालीजस्ता संविधान लेखनका मूल विषयमा दलहरुबीच सहमति नभएपछि सभाध्यक्ष सुवास नेम्वाङ प्रश्‍नावली बनाएर ती विवादको टुंगो लगाउन प्रक्रिया थाल्ने तयारी छन्।सभाध्यक्षले संविधानसभा नियमावलीअनुसारको प्रक्रिया अघि बढाउन पाएका छैनन्। एमाओवादी तथा मधेसी मोर्चाले अवरोधर गरेर प्रश्‍नावली निर्माणका लागि विशेष समिति बनाउने प्रस्ताव पेस गर्न दिएका छैनन्।

सोमबारदेखि लगातार एमाओवादी तथा मधेसी मोर्चाले संविधानसभा अवरुद्ध गर्दै आएका छन्। सोमबार मध्यरातमा उनीहरुले संविधानसभामा आक्रमण गरेका थिए।आक्रमणबाट शीर्ष नेता तथा सभासद् एवं सुरक्षाकर्मी घाइते भए भने थुप्रै कुर्सी,माइक तथा टेबल भाँचेका थिए।

मंगलबार पनि डेढघन्टा जति घेराउ तथा नाराबाजी गरेर प्रकिया अघि बढाउन दिएनन्। बुधबार पनि सभाध्यक्षले पौने १२ बजे  बैठक सुरु भयो भन्न नपाउँदै बुधबार पनि एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरु दौडेर रोष्‍ट्रम घेराउ गर्न पुगेका थिए र  नाराबाजी सुरु गरे। दस मिनेट जति घेराउ र नाराबाजीपछि संविधानसभामा स्थगित भएको थियो।

एमाओवादी तथा मधेसी मोर्चाको हिंसात्‍मक अवरोधका कारण संविधानसभासभा अल्पमतको बन्धक भएको छ। माघ ८ मा संविधानको मस्यौदा मात्रै भए पनि फास्‍टट्रयाकबाट जारी गर्न कांग्रेस एमाले तयार देखिए पनि विपक्षीको हिंसात्मक प्रतिरोधका कारण त्यो संभव हुन सकेको छैन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget