आजको संविधानसभामा प्रचण्डले यस्तो गर्दैछन्

आज दलहरुले प्रतिवद्धता जनाएको संविधान जारी गर्ने दिन । तर, दलहरुका बीचमा सहमतिको कुनै संभावना रहेको छैन ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज संविधानसभा बैठक चलिरहँदा सबैभन्दा बढी दवावमा हुनेछन् । उनले आजको संविधानसभा बैठक चल्न अघि दलहरुका बीचमा कुनै न कुनै किसिमको सहमति गर्न चाहेको उनी निकट स्रोतले जनायो ।
प्रचण्डले आफुहरुबाट भएको गल्ती स्विकार गर्दै सहमतिको प्रयास थाल्ने स्रोतले बतायो । गष्ए राति बालुवाटारमा कांग्रेस–एमालेले नयाँ रणनीति बनाउन बैठक बसालेपछि प्रचण्डले आफु पनि सहमतिकालागि तैयार भएको भन्दै पहल थाल्न केही नेताहरुलाई आग्रह गरेका थिए ।
उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाका कारण सहमति भाँडीएको आरोप लगाउदै आएका छन् । आजको दिमो सहमतिको हात अघि बढाएनन् भने सत्ता पक्षले पेलेर जाने बुझेका प्रचण्डले त्यस्तो प्रयास केही नेताहरुबाट गराउने छन् ।
त्यसकालागि उनले उपाध्यक्ष नाराण्याकाजी श्रेष्ठलाई एमाले नेता माधब नेपालसँग कुरा गर्न पठाएका छन् ।
स्रोत -नेपाल सन्देश
भिडियो हेर्न तल क्लिक गर्नुहोस


काठमाडौं । सोमबार मध्यराति संविधानसभा बैठक चलिरहेका बेला एमाओवादी सभासद्हरुले गरेको तोडफोड पछि दलहरुका बीचमा ध्रुविकरण बढेको छ भने सत्ता पक्ष र विपक्षीहरुका बीचमा संवादहिनताको अवस्था छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget